ओखलढुंगाः  सामुदायिक उत्तरदायित्व अन्र्तगत ओखलढुंगा क्याम्पस, ओखलढुंगाको सप्ताह व्यापी खेलकुद प्रतियोगिता शुरु भएको छ । सप्ताहको पहिलो दिन सदरमुकाम ओखलढुंगामा  शनिबार दुई खेलकुद प्रतियोगिता सम्पन्न भए । 

विद्यार्थीहरुको क्षमता विकास गर्ने र क्याम्पसको सेवालाई समुदायस्तरमा पुर्याउने उद्देश्यले खेलकुद सप्ताह आयोजना गरिएको क्याम्पस प्रमुख ईन्द्रप्रसाद तिमल्सेनाले बताए ।  शनिबार फुटसल र टेबल टेनिश प्रतियोगिता सम्पन्न भए । खेलकुद सप्ताहको उद्घाटन क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मोहनकुमार श्रेष्ठले गरेका थिए । दुवै प्रतियोगितामा ओखलढुंगा क्याम्पसका  अध्ययनरत र पूर्व विद्यार्थीहरु सहभागी थिए । 

फुटसलमा ओखलढुंगा क्याम्पस समुह ख विजेता बनेको छ । समुह क लाई ४ का बिरुद्ध १० गोल गर्दै ख बिजेता बनेको क्याम्पसको कम्युनिटी आउटरिच एण्ड एक्स्टेन्शन समितिका प्रमुख तथा खेलकुद व्यवस्थापक स्कन्द श्रेष्ठले जानकारी दिए ।

452034039_1475941573047892_6447159062298910366_n  

सिंगल टेबल टेनिसतर्फ ६ टिम सहभागी भएकोमा विकास कट्वाल प्रथम भए । उनका प्रतिद्वन्दी समिर खड्का उप विजेतामा सिमति रहे । श्रेष्ठका अनुसार आइतबार सिंगल र डबल व्याडमिन्टन प्रतियोगिता हुने छ भने भलिबल र चेस प्रतियोगिताको तयारी भइरहेको छ । 

समुदायस्तरबाट २०४२ सालबाट सञ्चालनमा रहेको उक्त क्याम्पसमा स्नातकोत्तर तहसम्म अध्यापन हुँदै आएको छ । स्नातक तहमा शिक्षा शास्त्र, मानविकी र व्यवस्थापनको पढाइ हुन्छ ।  जिल्लाकै सबैभन्दा पुरानो क्याम्पसमा ५ सय बढी विद्यार्थी अध्ययनरत छन् । 

453235172_918049790085568_3956315289350583901_n