इटहरीः एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि मधेश युनाइटेडले आफ्नो दोस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ । मधेशले लिगलाई मध्यनजर गर्दै ट्युनिसियाकी योस्रा जेरामदिनीलाई दोस्रो विदेशी खेलाडीको रुपमा घोषणा गरेको हो ।

यो सँगै इडब्लुभिएलका लागि दुई विदेशी घोषणा गर्ने मधेश पहिलो टोली बनेको छ । मधेशले यसअघि नै काजकिस्तानकी कालिनोभा यभजेनियालाई अनुबन्ध गरिसकेको छ ।

ट्युनिसियाकी मिडल ब्लकर योस्राले पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिमा अब मधेश युनाईेटेडबाट खेल्नेछिन् । उनलाई मधेश युनाईटेड टिममा अनुबन्ध गर्न पाउँदा हामी एकदमै खुशी छौँ । योस्राको आगमनले मधेश युनाइटेडको ब्लकिङ पोजिसन अझ शसक्त हुने विश्वास छ ।

ट्युनिसियाको वर्तमान राष्ट्रिय टिमकी सदस्य समेत समेत रहेकी २३ वर्षीय योस्रासँग रसियन लिग खेलेको अनुभव छ । उनले ट्युनिसियन लिग, ट्युनिसियन सुपर कप समेत खेलेकी छन् । उनको उचाई १८४ सेन्टिमिटर छ ।

पहिलो पटक आयोजना हुन लागेको महिला भलिलबको फ्रेन्चाइज लिगका लागि हामी निकै उत्साहित छौँ र विदेशी खेलाडीको नाम घोषणाले हाम्रो टिम भलिबल समर्थक र लिगलाई झन् उत्साहित बनाएको छ ।

योस्राले मधेश युनाईटेडसँग अनुबन्ध भएकोमा खुशी व्यक्त गर्दै मधेश युनाईटेडबाट खेल्न आफू एकदमै उत्साहित रहेको बताएकी छन् ।  ुपहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिगमा म मधेश युनाईटेडबाट खेल्दैछु । लिगमा लागि म उत्साहित छु । नेपालको नाम धेरै सुनेको छु । म यो सुन्दर देशमा गएर खेल्न उत्सहित छु ।ु

मधेश युनाईटेडकी अपरेसन हेड संज्ञा श्रेष्ठले योस्रालाई मधेश टिममा स्वागत गर्दै उनको आगमनले टिम अझ बलियो हुने  बताईन् ।

यसअघि नै मधेश युनाईटेडले काजकिस्तानकी हाउटसाइड हिटर कालिनोभा यभजेनियाको नाम घोषणा गरिसकेको छ ।

नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना मार्की प्लेअरमा रहेको मधेश युनाइटेडको टिममा अहिलेसम्म ८ नेपाली र २ विदेशी गरी १० खेलाडीको नाम सार्वजनिक भइसकेको छ ।

मार्कीसहित नेपाली खेलाडीहरुको नाम पनि यसअघि नै सार्वजनिक भइसकेको छ । जसमा राष्ट्रिय टिमकै संगम महतो र शान्तिकला तामाङ पनि छन् । यस्तै काभा यू२० महिला च्याम्पियनसिप खेले यू२० राष्ट्रिय टिमकी एलिशा मानन्धर र आशिका क्षेत्री पनि मधेश टिममा छन् । राष्ट्रिय टिमबाट खेलिसकेका पुजा थारु र हिरा केसी पनि मधेश टिमबाट खेल्नेछन् । जसना महतो पनि मधेशको टिममा छिन् ।

ईन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक महिला भलिबलको फ्रेन्चाईज लिग एभरेष्ट वुमन्स भलिबल लिगको पहिलो संस्करणमा ६ टोलीले सहभागिता जनाउनेछन् ।