इटहरीः पृथ्वीनारायण शाह र उनका वुवा नरभुपाल शाहको सल्लाहकार बिसे नगर्चीको बिषयमा गहिरो खोज, अनुसन्धान गरि ’गुमनाम एक इतिहास बिसे नगर्ची ’ नामक पुस्तक प्रकाशन भएको छ । यो पुस्तक पहिलोपटक २०८० भदौमा पहिलो संस्करण प्रकाशन भएको थियोे  । पहिलो संस्करण बिक्री भई सकिएपछि दोस्रो संस्करण २०८१ कार्तिकमा भएको हो । मोरङ पथरी शनिश्चरे १ निवासी खोजकर्ता लेखक दीपेन्द्रराज तिम्सिनाले यो पुस्तक लेखेका हुन् ।

बिसेको जन्म स्थल गोरखा पुगेर उनलाई र उनको सन्तान,  छोरालाई दिएको सनदपत्र, लालमोहर , बिसेका सन्तान सहित भेटेर गहिरो अध्ययन सहित यो पुस्तक लेखेको लेखक तिम्सिनाले बताए । नेपालका पुराना इतिहासकार सँगको सोधखोज गरि किताब लेखिएको छ । विभिन्न समयमा इतिहासकारहरुले लेखेका ऐतिहासिक दस्तावेजमा पनि बिसेले नुवाकोट २ पटक आक्रमण गर्दा हार खाएर चिन्तित बनेका पृथ्वीनारायण शाहलाई सहि समयमा सहि सल्लाह दिएर युद्ध जितेको इतिहास पाईन्छ ।

d8a65025-b994-403b-85ba-f2600b3d7fec

एउटा सहि सल्लाहकार भयो भने राज्य बनाउन र युद्ध नै जित्न परे पनि सजिलै सकिन्छ । यहि उदाहरण नेपालको इतिहासमा पाईन्छ । यस्तो उदाहरणीय व्यक्ति थिए बिसे नगर्ची । अहिले लोकतन्त्रका शासकका नातेदार, बग्रेल्ती सल्लाहकार राखेका छन् । राखिएका सल्लाहकार विज्ञताको आधारमा नभई आफन्तको आधारमा । स्वकीय सचिव,सल्लाहकारहरूले न सल्लाह दिन्छन् न सल्लाह लिन्छन् अनेक दबाब र प्रभावमा निर्णय गराउने प्रवृत्ति डरलाग्दो गरी बढेको छ । सामान्य अवस्थामा रहेका बिसे नगर्चीले दिएको सल्लाह नै पृथ्वीनारायण शाहलाई युद्ध जित्ने अष्त्र झै बनेको थियोे । नुवाकोट आक्रमणमा हार व्यहोरेका पृथ्वीनारायण शाह हतियार किन्न चाहन्थे । तर त्यसबेला राज्य कोषमा पैसा थिएन । युद्ध जित्न योद्दा कुशल भएर मात्र हुदैन हतियार पनि गुणात्मक चाहिन्छ । एकाविहानै देखि उठेर दरबारमा चिन्तित बनेर टोलाई रहेका पृथ्वीनारायण लाई आमा कौशल्यावतिले देखेर एकदिन बिहान सोधिछन् छोरा तिमिलाई के भयो भनेर । त्यसबेला राजा पृथ्वीनारायणले नुवाकोट हार वेहोरेको र थप आक्रमण गर्न हतियार नभएको कुरा आमालाई सुनाएछन् । यो कुरा सुनेर आमाले दरबारमा नगरा बजाउने बिसे नगर्चीलाई भेटेर सल्लाह लिन भनिछन् । सोहि अनुसार भोलिपल्ट बिहानै राजा बिसेको घर गएछन् । 

कस्तो थियो सामरिक महत्त्वको सल्लाह 

राजा एक्कासि घरमा आएको देखेर बिसेले महाराज के कामले मेरो घरमा पालिबक्स्यो भन्दै सोधेछन् । राजाले तिमिलाई थाहा छदैछ नुवाकोट हार व्यहोर्नुपरेको अब लडाइँ लड्नुछ । हात हतियार चाहिएको छ । राज्य कोषमा पैसा छैन कसरी हतियार किन्ने भनेर तिमिसँग सल्लाह लिन आएको तिमी त हाम्रो बुवाको पालादेखि सल्लाह दिदै आएको सुनेकोछु उचित सल्लाह देउ भनेछन् ।

म जस्तोले के सल्लाह दिन सक्छु र भनेछन् । सल्लाह भनेको मान्छे सानो ठूलो पढेको नपढेको भन्ने हुदैन राजाले भनेछन् ।

a00f0721-0dce-450a-a187-3f1c38ce7a17

बिसेले कति दाम चाहिएको महाराज भनेर राजालाई सोधेछन् । १२ हजार दाम भए त पुग्दो हो राजाले भने । गोरखा राज्यमा कति छन् महाराज बिसेले राजालाई सोधेछन् ।

पुग नपुग १२ हजार घर होलान भनेछन् राजाले भनेछन् । यो कुरा राजाको सुनेर बिसे घरको कोठामा पसेछन् । 

कोठाभित्र पसेर बिसेले एक पैसा, पाँच पैसा, गरेर जम्मा गरेर एक मोहर बनाई राजाको हातमा चढाई सोहि अनुसार प्रत्येक घरधुरी बाट १÷१ रुपैया उठाउन सल्लाह दिएकोले सोहि अनुसार पैसा उठाई काँसि गयर हतियार किनेर ल्याई नेपाल एकीकरण सफल भएको जनश्रूति रहेको साथै इतिहासकारहरुले विभिन्न दस्तावेजमा लेखेका छन् ।

राज्य एकिकरणमा उचित सल्लाह दिने नगर्चीलाई राज्यले कस्तो सम्मान दियो, उनको परिवार कहाँ कसरी बसिरहेका छन् यो खोज अनुसन्धानको बिषय हो । महाकवि लक्ष्मीप्रसाद देवकोटा ले भने झै मानिस ठूलो दिलले हुन्छ जातले हुदैन । सल्लाह दिने मान्छे ठूलो, उपल्लो जातको सम्पन्न हुनुपर्छ भन्ने हुदैन । बिसे नगर्ची दरवारमा नगरा बजाउने, कटुवाल फलाक्ने, दरवारको बालिघरे थिए ।  तर यस्तो सामरिक सल्लाह दिने बिसे लाई अहिलेसम्म राज्यले सम्मान गरेको छैन ।

विभिन्न युद्धमा बिसेको सहभागीता

पृथ्वीनारायण शाहको पालामा भएको विभिन्न युद्धमा बिसेको सहभागीता रहेको विभिन्न इतिहासकार तथा खोज कर्ताले खोजेको दस्तावेजबाट थाहा हुन्छ । नुवाकोट युद्धमा उनी सहभागी भएका थिए । तेस्रो पटकको नुवाकोट हमलामा सिपाही भयर युद्धमा सामिल भएका थिए । पछि नुवाकोट विजय भई सकेपछि यी बुढा महाराज संगै अन्तरिम राजधानी नुवाकोट मै रहने गर्दर्थे ।  नुवाकोटको युद्धमा तिरधारे मोर्चाबाट पृथ्वीनारायण सँगै सहभागी भएको कुरा गोरखामा बिसेको सालिक सँगै राखिएको सिलालेखमा उल्लेख छ । त्यसबेला उनी तीनधारे मोर्चाबाट नालदम, अजिरकोट र सिरानचोकको लडाइँमा सहभागी भएको सोहि सिलामा उल्लेख छ । त्यसैगरी बिसे स्याङ्जाको लडाइँमा पनि सहभागी भएको थिए ।

स्याङ्जाको वहाबकोटमा बिसे नगर्चि चोक नै रहेको छ । यो चोकको नाम रहनुमा बिसेको लडाइमा सहभागीता रहेको थाहा हुने परियार सेवा समाजले उल्लेख गरेको सिलामा लेखिएको छ ।

4222a312-fe88-4792-9b89-5d5aa7184570

                                                          पुस्तकका लेखक तिम्सिना

परियार समाज, केन्द्रीय समिति तथा सम्पूर्ण परिवार बन्धुहरूले बिसेको शालिकमा राखिएको शिलालेखमा बिसेको जन्म विसं १७४६ र मृत्यु विसं १८२८ मा उल्लेख छ । यसअनुसार उनी ८२ वर्ष बाँचेका देखिन्छ । बिसे नगर्चीले गोरखाली पक्षधर भएर विभिन्न युद्धमोर्चामा भाग लिएका ऐतिहासिक प्रमाणहरू प्राप्त छन् । उनी पृथ्वीनारायण शाहसँग उनकै मोर्चामा रहेर नुवाकोटको युद्धमा सहभागी भएका थिए । नुवाकोट विजय भएपछि उनले नगरा बजाएका थिए । यसैगरी गोरखाको सिरानचोकको युद्धमा पनि उनी सहभागी थिए, जहाँ गोरखालीले लमजुङेहरूलाई हराएका थिए । नुवाकोटको युद्धमा बिसे नगर्चीपृथ्वीनारायण शाहको राज्यविस्तार अभियानअन्तर्गत नुवाकोटमा भएको युद्धमा बिसे नगर्ची सहभागी थिए ।

बिसेलाई विम्वमा प्रयोग गरि २०६२/२०६३ जनआन्दोलनमा कवि श्रवण मुकारुङले ’ बिसे नगर्चीको बयान’ शिर्षकको कविताले निकै चर्चा पाएको थियोे ।

पुस्तकको प्रकाशक लिला निरौला तिम्सिना रहेकी छन् भने दमक श्रष्टा छापाखानाले छापेको यो पुस्तक १५६ पेजको रहेको छ । विभिन्न नेपालका इतिहासकारहरुसँग सोधखोज गरी ४९ वटा शिर्षकमा लेखिएको तिम्सिनाले लेखेको यो १२ औ खोजमुलक कृति हो । यश अघि तिम्सिनाले टेलिफोन डायरी २०६८ मोरङको सामुदायिक वन एक चिनारी २०६९ मोरङको क्षेत्र नं २ एक चिनारी २०७० पथरी शनिश्चरे नगरपालिका एक चिनारी २०७७ जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म प्रथम संस्करण २०७७ जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म दोस्रो संस्करण २०७८ धिमाल जातिको इतिहास विगतदेखि वर्तमानसम्म २०७८ इतिहासमा पथरी शनिश्चरे २०७८  मोरङका जनप्रतिनिधि संङगालो २०७९ माइखोलादेखि पुनर्वाससम्म २०८० र तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म २०८० लगायतका दर्जन पुस्तकहरु लेखिसकेका छन् ।