सुन्दरहरैचाः अाजबाट राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरकाे व्याडमिन्टन प्रतियाेगिता सुरु भएकाे छ । दुर्गादेेवि दुलाल स्पाेर्टस ग्राम सुन्दरहरैचा ८ अायाेजक रहेकाे याे व्याडमिन्टन प्रतियाेगिताका अान्तरिकतर्फका प्रतियाेगिताहरु अाजबाट सुरु भएका क्लवका अध्यक्ष भाेलेश्वर दुलालले वताए ।

२७ गतेबाट सुरु भएर माघ २ गते सम्पन्न हुने याे प्रतियाेगिता सुन्दरहरैचा नगरपालिका वार्ड नं ८ मा रहेकाे दुर्गादेवि दुलाल कवडहलमा संचालन भैरहेकाे छ । २७ र २८ गते संचाल हुने पहिलाे चरणका प्रतियाेगितामा २६ वटा टिमकाे सहभागिता रहने छ ।

जसमध्ये अाज संचालन भएका मध्येबाट ३ वटा टिम क्वाटरफाईनलमा प्रवेस गरेका छन् । अाज सम्पन्न प्रतियाेगितामा विकास श्रेष्ट र अाकास दुलाल, भूपाल प्रसाईं र गाेपाल सुवेदी, भाेलेश्वर दुलाल र प्रकाश सुवेदीकाे टिम क्वाटरफाईनलमा प्रवेस गरेका छन् ।

कृष्ण कुमार राई र राकेश कालिकाेटेकाे टिमलाई २१-१५ र २१-१२ का अन्तर विकास श्रेष्ठ र अाकाश दुलालकाे टिम, पदम धिमाल र केशव बजगाईकाे टिमलाई २१-१५ र २१-१२ का अन्तरले हराउदै भूपाल प्रसाईं र गाेपाल सुवेदीकाे टिम र अर्जुन भट्टराई र गाेपाल ढकालकाे टिमलाई २१-१५ र २१-१९ ले हराउदै भाेलेश्वर दुलाल र प्रकाश सुवेदीकाे टिम क्वाटरफाईनलमा प्रवेश गरेका हुन ।

अान्तरिकतर्फका बाँकी रहेका खेलहरुकाे क्वाटरफाईनल र सेमिफाईनल खेलहरु पुस २८ गते संचालन हुने अायाेजकले जनाएकाे छ । खुल्ला राष्ट्रिय तथा अन्तराष्ट्रिय यस प्रतियाेगितामा नेपाल तथा भारतका करिव ३०० जति खेलाडीहरुकाे सहभागिता रहने अायाेजकले यश अघि नै पत्रकार सम्मेलन गरेर जनाईसकेकाे छ ।