काठमाडौंः जथाभावी फोहोर गरेको जनाउँदै काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई एक लाख रुपैयाँको जरिवाना तोकेको छ ।
बिहीबार दरबारमार्गस्थित एमालेले गरेको जागरण सभाका क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदुषण गरेको भन्दै महानगरले एमालेलाई जरिवाना तोकिएको नगर प्रहरी निरीक्षक लिलाराज गाछाले जानकारी दिएका छन् ।
महानगरले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एमालेलाई जरिवाना तोकिएको जनाएको छ । एमालेले आज जागरण सभा गरेको थियो । जसमा हजारौंको सहभागीता रहेको थियो ।