हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले सुरुङमार्गमार्फत स्थानीय स्तरको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । “सुरुङमार्ग सर्वसाधारणको अवलोकनका लागि खुला गरिएसँगै यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नुका साथै स्थानीय तहको आम्दानी पनि बढ्ने छ”, उनले भने । 

भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले सुरुङमार्गमार्फत यहाँको धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने धारणा व्यक्त गरे ।  

मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको चुरे पहाडलाई खोपेर विसं १९७४ मा पाँच सय मिटर लामो सुरुङ निर्माण गरिएको थियो । तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेर जवराले यो सुरुङमार्ग निर्माणका लागि देशकै पहिलो इञ्जिनियर डिल्लीजङ्ग थापालाई जिम्मेवारी दिए । 

त्यस समयमा सुरुङमार्ग निर्माणको उद्देश्य व्यापारिक दृष्टिकोणले महत्वपूर्ण रहेको भारतको रक्सौल र नेपालको सुक्खा बन्दरगाहाका रूपमा विकास गर्न सकिने भीमफेदीबीचको दुरी घटाइ सहज पहुँच निर्माण गर्नु थियो । इन्जिनियर थापाको योजना र अगुवाइमा चुरियामाई सुरुङ मार्गसँगै चारखाल अड्डा, घण्टाघर, चन्द्र नहरलगायत महत्वपूर्ण पूर्वाधारहरू निर्माण भएका थिए । 

d8ea0e3f-565b-4894-8135-6f95c311ec37

चुरे पर्वत कटान गरी सडक निर्माण गर्नुपूर्व विसं २०१८/२०१९ सम्म चुरियामाई सुरुङ मार्ग भएर नै जिप, लहरीलगायत साना सवारी आवतजावत गर्दै आएका थिए । 

काठमाडौँलाई हेटौँडा हुँदै तराईसँग जोड्नेगरी चुरे पहाडमा निर्माण गरिएको सुरुङमार्ग दक्षिण एसियाकै पहिलो भएको स्वीस नागरिक टोनी हेगनले सन् २००४ मा लेखेको ‘दि हिमालयन किङ्डम अफ नेपाल’ नामक पुस्तकमा उल्लेख छ । 

त्रिभुवन राजपथ निर्माण हुनुपूर्व रक्सौलबाट पथलैया, चुरे, हेटौँडा हुँदै भीमफेदीसम्म सवारी साधनमा र त्यहाँबाट मानिस पैदल हिँडेर काठमाडौँसम्म तथा सवारी साधनहरू काठमाडौँ प्रवेश गर्ने सडक निर्माण नभइसकेकाले मानिसलाई भरिया लगाएर पु¥याइन्थ्यो ।  चुरियामाई सुरुङमार्ग सिमेन्टको प्रयोग नगरी तत्कालीन परम्परागत प्रविधिसँगै चुना र सुर्कीको प्रयोग गरी निर्माण भएको हो ।