इटहरीः यस बर्षपनि इटहरीमा नागरिक स्तरबाट पृथ्बी जयन्ती तथा राष्ट्रिय एकता दिबस सप्ताहव्यापी रुपमा विबिध कार्यक्रमको आयोजना गरि मनाईने भएको छ ।
बुधबार मूल समारोह समितिले एक पत्रकार सम्मेलनको आयोजना गरी एक सातासम्म गरिने कार्यक्रमहरुको बारेमा जानकारी गराएको छ । पौष २७ गते भब्य समारोहको आयोजना गरिने मूल समारोह समितिका संयोजक भोलाकाजी बस्नेतले जानकारी दिए । भाबि पुस्ताहरुमा पृथ्बीनारायण शाहबारे शोध हुदै जाओस भन्ने उद्धेश्यले यहि पुस १६ गते अन्तरबिद्यालय तथा २१ गते अन्तरकलेज बक्तृत्वकला प्रतियोगिता नेपाल एकिकरणमा पृथ्बी नारायणशाहको योगदान शिर्षकमा सम्पन्न भईसकेको बस्नेतले जानकारी दिए ।
यहि बर्षबाट शुरु गरिएको बौद्धिक ब्यक्तित्वहरुका साथमा पृथ्बीनारायण शाहका बिबिध आयामका पक्षमा बुधबार बिषेश बहस भएको छ । पौष २७ गतेको कार्यक्रमको लागी बिभिन्न संघसस्था,बिद्यार्थी,खेलाडी, जातजाती भाषाभाषीहरुको जातीय पहिरनमा सहितको झाँकी, नेपाली सेनाको टुकडी ,शशस्त्र प्रहरीको बैण्ड टोलीद्धारा राष्ट्रिय धुन सहितको पदयात्रा हुने बस्नेतले जानकारी दिए । १६ गते तथा २१ गतेको बक्तृत्वकला प्रतियोगिताका बिजयी बिद्यार्थीहरुलाइ पुरस्कार प्रदान तथा प्रमुख बक्ताका रुपमा कोशी प्रदेशका पुर्ब प्रदेश प्रमुख प्रा डा गोबिन्दबहादुर तुम्बाहाङका साथमा अन्य बक्ताहरुद्धारा पृथ्बीनारायण शाहका बारेमा ऐतिहाँसिक तथा जानकारीमुलक कुराहरु राख्ने कार्यक्रम तय भएको बस्नेतले पत्रकार सम्मेलनमा वितरण गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।