इटहरीः राष्ट्रिय जागृति क्लब इटहरीले मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

माघ १२ गतेदेखि १९ गतेसम्म हुने प्रतियोगितामा ८ वटा टिम सहभागी हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार क्यामरुनको एउटा र भारतको एउटा तथा नेपालका ६ वटा टिम सहभागी हुनेछन् । काठमाडौंका थ्री स्टार क्लब, मनाङमस्र्याङ्दी क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब सहभागी हुनेछन् ।

Itahari food festival 1

त्यस्तै, आयोजक र झापा ११ का साथै कलकत्ताको जर्ज टेलिग्राफ र क्यामरुनको डिफेन्स टिम फेमिलीले प्रतियोगितामा सहभागिता जनाउने भएका छन् ।

६५ लाख रुपैयाँको लागतमा प्रतियोगिता हुन लागेको बताइएको छ । प्रतियोगिताको विजेता टिमले १६ लाख रुपैयाँ र उपविजेताले ८ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । आज पत्रकार सम्मेलन गरी आयोजकले जनाएअनुसार प्रत्येक खेलकाम्यान अफ द म्याच खेलाडीले १० हजार रुपैयाँ पाउनेछन् ।

सर्वाेत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै, प्रतियोगिताका सर्वाेत्कृष्ट खेलाडी र सबैभन्दा बढी गोल गर्ने खेलाडीलाई जनही ३० रुपैयाँ हजार दिइने आयोजकले जनाएको छ ।

madan bhandari gold cup  (1) madan bhandari gold cup  (3)