इटहरीः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) इटहरी उपमहानगर कमिटिको अध्यक्षमा राजकुमार आचार्य सर्वसहमत अध्यक्ष भएका छन ।

बिहीवार भएको बन्दसत्रबाट आचार्य अध्यक्षमा सर्वसहमत अध्यक्ष भएका हुन् । अधिवेशन बुधवार एक भब्य कार्यक्रमका बीच उद्घाटन गरिएको थियो ।

तीन उपाध्यक्षहरुमा भिनेश्वर चौधरी, सृजना राई (अर्चना) र मीन कुमार मगर रहेका छन् । सचिवमा राम नेङ्वाङ, सहसचिवमा राजकुमार गजमेर, कोषाध्यक्षमा कुमार तामाङ पनि सर्वसहमत निर्वाचित भएका छन् । माओवादी केन्द्रको नवनिर्वाचित कमिटि ८१ सदस्यीय रहेको छ ।

माओवादी केन्द्र इटहरी उपमहानगर कमिटिको दोस्रो अधिवेशन सहिद दिवसको अवसर पारेर उद्घाटन गरिएको हो । इटहरी चोकमा भेला भएका माओवादी नेता, कार्यकर्ताहरुले र्यालीसहित चोक परिक्रमा गरेका थिए । र्याली इटहरी–४ को माङहिङ मन्दिरको सभाहलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

maobadi-itahari

उद्घाटन सत्रलाई सो पार्टीका केन्द्रीय उपमहासचिव एवम् प्रदेश १ इन्चार्ज हरिबोल गजुरेल (सितलकुमार), केन्द्रीय सदस्य एवम् सुनसरी जिल्ला इन्चार्ज निर्मल बराल, प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ्ग (मिक्सो) केन्द्रीय सदस्य, सरस्वती पोखरेल, प्रदेश उपाध्यक्ष शिव डाँगीले शुभकामना दिएका थिए ।

त्यसैगरि, इटहरी उपमहानगर कमिटि इन्चार्ज मदन चुडाल, धरान उपमहानगरपालिका उपप्रमुख आइन्द्रविक्रम वेघा, माओवादी केन्द्र धरान अध्यक्ष उद्धव लिम्बूलगायतले पनि अधिवेशन सफलताको शुभकामना दिएका थिए ।

अधिवेशन उद्घाटन सत्रको संचालन उपमहानगर कमिटि सचिव राजकुमार आचार्य र सभापतित्व अध्यक्ष बहादुरसिंह तामाङ्ग (ज्वाला) ले गरेका थिए ।