इटहरीः कोशी प्रदेशकै उत्कृष्ठ पर्यटकीय स्थलहरु मध्ये एक तालतलैयामा वन तथा वातावरण संरक्षण अभियान्ता समाजसेवी गंगाबहादुर राय अध्यक्ष पदमा निर्वाचित भएका छन् । 

बिहिबार सम्पन्न ११ औं अधिवेशनले रायलाई तालतलैया विकास तथा संरक्षण समिति, इटहरीको अध्यक्ष पदमा निर्वाचित गरेको हो । वन, वातावरण र पर्यटनलाई नजिकबाट बुझेका रायको नेतृत्वले तालतलैया क्षेत्रको संरक्षण, विकास, तथा समृद्धिमा नयाँ उचाइ हासिल हुने अपेक्षा गरिएको छ । 

c31d8509-9a51-401f-8e25-7b7e6c052c7f

समितिको उपाध्यक्षमा धनमाया श्रेष्ठ ,महासचिवमा बुद्धिनाथ खतिवडा, सचिवमा  बिनोद कुमार कार्की र कोषाध्यक्षमा निर बहादुर श्रेष्ठ निर्वाचित भएका छन् । 

त्यसैगरी खुल्ला सदस्य पदमा  चन्द्र बहादुर कटुवाल, टंक दाहाल भ्रमण, राजन रेग्मी,राजकुमार सोराली मगर, मेम कुमार आले मगर निर्वाचित भएका छन् ।  महिला सदस्यमा रेनुका राई (लिम्बु), गिता कुमारी आचार्य, मधुका घिमिरे, लक्ष्मीदेवि पौडेल,  अनिल कुमारी राई र अविता राई निर्वाचित भएका छन् । 

लेखा समिती संयोजकमा  युगप्रिय निरौला र सदस्यमा कुमार सुन्दास निर्वाचित भएका छन् । 

fd0ba557-d518-4ef2-930c-6a2463d46eef