काठमाडौँः  पूर्वराजा ज्ञानेन्द्र शाहलाई  काठमाडौँ महानगरपालिकाले विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गर्ने निर्णय गरेको छ  । निर्णय अनुसार महानगरले शाहका नाममा ८ वटा पत्र नै काटेको छ । 

राजधानीको माइतीघरमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको  लगायतका शीर्षकमा महानगरले ७ लाख ९३ हजार जरिवाना गर्ने निर्णय गरेको हो।शुक्रबार भएको राजावादीहरुको आन्दोलनका क्रममा तीनकुने, कोटेश्वर लगायत क्षेत्रमा तोडफोड र आगजनी भएको थियो । महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन बमोमिज जरिवाना गराएको हो ।

महानगरपालिकाले पूर्वराजा शाहलाई ८ वटा पत्र काटेको छ । पूर्वराजाको सहमतिमा शुक्रबार राजवादीले राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेकामा फोहोरमैला गरेको लगायतका कारण देखाउँदै जरिवाना र क्षतिपूर्ति माग गर्दै पत्र काटेको हो ।

यस्तो छ महानगरले काटेको पत्रमा जरिवानाका शिर्षक

-कोटेश्वरको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरे वापत  रु १ लाख जरिवाना । 

-महादेवस्थानको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरे वापत  रु १ लाख जरिवाना । 

-तीनकुनेको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरे वापत रु १ लाख जरिवाना । 

-जडीबुटीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरे वापत रु १ लाख जरिवाना । 

-बालकुमारीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरे वापत रु १ लाख जरिवाना । 

-सिनामंगलको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरे वापत रु १ लाख जरिवाना । 

-दमकल तोडफोड गरे वापत  रु १ लाख ३० हजार जरिवाना । 

-तीनकुनेमा रुख, बिरुवा, रेलिङ तोडफोड गरे वापत रु ६३ हजार जरिवाना । 

dd77e91a-5f7c-4754-9614-c9864ade6856

0ccc4a35-9325-4b6d-920d-d0a4529d902f

38ef2832-70d2-43c0-8937-b2592ff0591c

b368cbe0-8486-4356-a79d-844c9512ae01