इटहरीः इटहरीको डिभिएम क्रिकेट मैदानमा जारी अन्तरपालिका मेयर कम क्रिकेट प्रतियोगिताका लागि इटहरी हरियो टिमको घोषणा भएको छ । 

आइतबार पथरीसँग प्रतिष्पर्धा गर्नका लागि आशिष कार्कीको कप्तानीमा इटहरी हरियो टिमको घोषणा गरिएको हो । 

टिमका कप्तान कार्कीका अनुसार आइतबार इटहरी र टिमको शाख बचाउने हिसाबले नै तयारी गरिएको छ । 

कार्की कप्तान गरेको टिममा सृजन भण्डारी भाईस कप्तान छन् । सरोज कटवाल व्युकेट किप्परमा रहने छन् ।

9c4c1beb-fad8-4c42-a700-95ca99ddad6a

टिमका अन्य खेलाडीमा विकास बञ्जरा, उज्वल श्रेष्ठ, भरत कार्की, मुकुन्द यादव, विद्यान गोश्वामी, सोमेस यादव,क्रिज शर्मा, आरभ सत्याल, रिक्किी भण्डारी, समिर शेराज अन्सारी, मनोज राई रहेका छन् । 

त्यसैगरी टिम कोचमा समिर शेराज अन्सारी रहेका भन् भने टिम म्यानेजरमा विशाल कार्की रहेका छन् । 

सेभेन स्टार क्रिकेट क्लबको आयोजना र इटहरी उपमहानगरपालिकाको आर्थिक सहयोगमा डिभिएम क्रिकेट मैदानमा जारी प्रतियोगितामा कोशी प्रदेशका बिभिन्न स्थानीय पालिकाका १८ वटा टिमको सहभागीता रहेको छ । विजेता टिमले नगद १ लाख, ट्रफी र प्रमाणपत्र पाउने छन् ।