प्रेम बास्तोला

तीनजुरे,तेह्रथुमः १० लाख पर्यटक भित्र्याउने उद्धेश्य राखेर बुधबार तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नम्बर १ मा पर्ने आरआर गार्डेनमा कोशी पर्यटन बर्ष २०८२ को उद्घाटन गर्न हेलिकप्टर चढेर आएका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले खाली कुर्सीहरुलाई आफ्ना महत्वपूर्ण भनाई राख्न बाध्य भए । 

कोशी भ्रमण बर्ष २०८२ उदघाटन सामारोहको मूल आयोजक समिति, निर्देशन समितिको व्यवस्थापकिय कमजोरीका कारण उद्घाटन समारोहमा प्रमुख अतिथिका तर्फबाट सिंहले आफ्ना भनाई राख्दा कुर्सी जति सबै खाली भएका थिए । 

कोशी प्रदेश सरकारको एउटा ड्रिम प्रोजेक्टका रुपमा घोषणा गरिएको कोशी पर्यटन बर्ष २०८२ लाई मुख्यमन्त्रीको स्प्रीड अनुसार बिबिध कार्यहरु सहजगर्नका लागि दुई वटा समिति निर्माण गरिएको थियो । मुल समितिमा मुख्यमन्त्री आफै संयोजक थिएन भने निर्देशन समितिमा पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल संयोजक थिए । 

मुख्यमन्त्रीले निर्णय गरि होटल व्यवसायीमा लागेका पर्यटन व्यवसायी त्रय विराटनगरका भबिष श्रेष्ठ, धरानका कृष्ण साह र बासु बराललाई सह संयोजकका रुपमा जिम्मेवारी सुम्पिएका थिए । पर्यटनविज्ञ भनिएका होटल व्यवसायीहरु र पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव र अन्य सम्बन्धित कर्मचारीहरुले मुख्यन्त्रीको स्प्रीड अनुसार कामै गर्न नसकेका कारण बुधबारको उदघाटन समारोहमा प्रमुख अतिथिले आफ्ना कुरा राख्दा केबल कुर्सी, सुरक्षा अधिकारी, आयोजक समितिका केही पदाधिकारीहरु मात्र समिति भएका थिए । 

7fa41ff0-1119-4955-b6f9-31de62bc71ae

दिउँसो २ बजेबाट मात्र उदघाटनको औपाचारिक कार्यक्रम राख्नुका कारण पनि प्रमुख अतिथिले बोल्ने बेला मञ्च अगाडि सबै कुर्सी खाली भएको हो । आयोजकले ख्याल गर्ने कुरा हो, उदघाटन लगत्तै उपप्रधानमन्त्री सिंहलाई सम्बोधन गर्न दिनु पर्दथियो । तर, आयोजक त्यसकुरामा चुकेकाले पनि खाली कुर्सीलाई सिंहले आफ्ना कुरा सुनाउन बाध्य हुनु परेको बसन्तपुरका स्थानीय संचारकर्मीहरुले बताएका छन् । उनले भने—‘म पनि केपी ओली आउने भनेकाले बाध्य भएर उद्घाटन कार्यक्रममा सहभागी भएको थिए । तर पछि उपप्रधानमन्त्री सिंह आउनुभयो । त्यसमा पनि वहाँले बोल्ने बेला मञ्च अगाडिका बसै कुर्सी खाली भईसेका थिए । कम्तीमा आयोजकले स्थानीय सरकारसँग भने अनुसार समन्वय गरि स्वयसेवक परिचालन गरि सहभागी भएजतिलाई अन्तिमसमयसम्म रोक्न सक्नु पर्दथियो । त्यो गरेको देखिएन ।’ 

व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउनका लागि मन्त्रालयका कतिपय कर्मचारीहरु एक साताबाटै बसन्तपुरका होटलमा बसेका थिए । समितिका सह संयोजकहरु, इभेन्ट संयोजक लगायत समितिका अन्य पदाधिकारीहरु पनि तीन दिनअघिबाटै कार्यक्रम उदघाटन स्थलमा खटिएका थिए । तर, उनीहरु भने कोशी पर्यटन बर्ष २०८२ को उदघाटन समारोहलाई  कसरी भव्य र सभ्य बनाउनमा भन्दा पनि कसरी छुट्याइएको बजेट खर्च गर्ने ध्याउन्नमा लागेको पाइएको थियो । 

3a09f208-8d84-4f60-8d05-bd8126aea3af

उदघाटन समारोहमा उपप्रधानमन्त्री सिंह सहित, संघीय सरकारका वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही, तेह्रथुम क्षेत्रकी सांसद सीता गुरुङ, कोशी प्रदेशका पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डल, पर्यटन सचिव बिशाल घिमिरे लगायतले आ आफ्नो धारणा राखेका थिए । सभापतिको आशन ग्रहण गर्नुअघि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले २०८२ भरमा १० लाख पर्यटक कोशी प्रदेशमा भित्र्याउने उद्धेश्यका साथ कोशी पर्यटतन बर्ष ०८२ को शुभारम्म गरिएको बताए । उनले कोशी पर्यटन भ्रमण बर्ष २०८२ मा सरकारलाई बन्द हड्ताल हुने हो कि भन्ने बाहेको अन्य चिन्ता नभएको बताए । उनले अब कोशीमा बन्द हड्ताल जस्ता कार्य रोक्न पर्ने सम्बन्धित पक्षलाई अनुरोध समेत गरे । 

मुख्यमन्त्री कार्कीले सम्बोधन गर्ने क्रममा सहभागीहरु अलिअलि गर्दै उद्घाटन कार्यक्रम स्थल आरआर गार्डेनबाट निस्कन थालेपछि कार्यक्रमको अन्तिम समयसम्म बसिदिन आग्रह समेत गरेका थिए । कार्यक्रमका कोशी प्रदेशका पूर्व मुख्यमन्त्री, सांसदहरु, केही स्थानीय तहका जनप्रतिनिधिहरु, मन्त्रालयका कर्मचारीहरु, केही होटल व्यवसायीहरु, सौन्र्दय व्यवसायी, सामाजिक अभियान्ता, नेता तथा कार्यकर्ता, संचारकर्मीहरु , भारतबाट केही  संचारकर्मीहरु र ज्यादै न्यून संख्यामा स्थानीयहरुको सहभागीता रहेको थियो ।

7b4ee951-1066-4e2f-b725-b84ef259c4f6

पूर्वी नेपालको सिमाक्षेत्र समेत रहेको झापाको काँकरभिट्टा क्षेत्रका ग्रामिण पर्यटन अभियान्ता देखि लिएर कोशी प्रदेशको पर्यटनको प्रमोशनका लागि बर्षौबाट लागि परेका पर्यटन अभियान्ताहरु, दार्जेलिङ, सिक्मि, सिलगुडी लगायत पश्चिम बंगाल क्षेत्रका पर्यटन अभियान्ताहरुको सहभागीता थिएन । 

काँकरभिट्टा एक पर्यटन अभियान्ताले भने —‘भिजिट २०२० बाटदेखि कोशी पर्यटन बर्ष २०८२ सम्म आउँदा एकै अनुसार एक व्यक्तिहरुलाई पर्यटन विज्ञका रुपमा मानेर जिम्मेबारी दिने कार्यगरेकाले वास्तबिक पर्यटन अभियान्ताहरु असन्तुष्टि समेत रहेका छन् । कोशी पर्यटन बर्ष २०८२ लाई सफल बनाउन राम्रा राम्रा सल्लाहा दिँदा नसुने झै गरेको, आफ्ना आफ्नालाई समेटेर समूह बनाएर अरुलाई वाईपास गरेकाले पनि उदघाटन समारोह सोचे अनुसार हुन नसकेको हो ।’ मुख्यमन्त्रीको स्प्रीडमा काम गर्ने अभियान्तालाई जोड्न नै चाहेका छैनन् । खाली व्यक्तिगत फाइदाका लागि मात्र दौडिरहेका छन् । जहिले तीनै अनुसारका व्यक्तिहरुले कोशीको पर्यटन विकास गर्ने दुहाई दिँदै ठेक्का लिएझै गरिहेको ती अभियान्ताले दावी गरे । 

e91d6d1c-9cdd-41ad-81cc-f000567f2461

उनले यस प्रकारका कार्यले केबल ठूला ठूलाबिल बन्ने र बजेट सक्ने बाहेक अन्य काम नै नहुने बताए । कोशी प्रदेशभरीको पर्यटन विकासको कुरा हो । कोशीका पर्यटकीय क्षेत्रको मात्र नभई यहाँको मौलिक संस्कृति, खानपान, रहन सहन,कला साहित्य, भाषाहरुको ब्रान्डिङ गर्ने महत्वपूर्ण अवसर पनि हो, तर त्यो अवसर गुमाउने गरी कार्य अगाडि बढाइएको । जसले फलत मुख्यमन्त्रीको सोच अनुसार कोशी प्रदेश सरकारले सफलता प्राप्त गर्न नै नसक्ने ती अभियान्ताले ठोकुवा नै गरे । 

c499941e-43c9-4322-9609-25bf37dd16fb