इटहरीः अघिल्लो आर्थिक बर्षमा सरकारबाट देशभरका उपमहानगरपालिकाहरु मध्ये सबै भन्दाबढी बजेट पाएको इटहरी उपमहानगरपालिकाले आर्थिक बर्ष २०८२ /२०८३ का लागि कम बजेट पाउने भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक वित्तीय हस्तान्तरणको रकमअनुसार चालु आर्थिक वर्षको तुलनामा २८.५२ प्रतिशत कमिले इटहरी उपमहानगरले बजेट पाउने भएको हो । 

आगामी वर्षका लागि सबैभन्दा धेरै बजेट पाउने उपमहानगर जनकपुरधाम हो भने सबैभन्दा थोरै बजेट बुटवलले पाएको छ । 

गत वर्ष सबैभन्दा धेरै बजेट इटहरीले पाएको थियो ।  गत वर्ष पनि सबैभन्दा थोरै बुटवलले नै पाएको थियो । 

जनकपुरधामले आगामी वर्षका लागि १ अर्ब ३३ करोड ६९ लाख रुपैयाँ बजेट पाएको छ । यो चालु वर्षको तुलनामा २९.९९ प्रतिशतले बढी हो । चालु वर्ष यो उपमहानगरपालिकाले १ अर्ब २ करोड ८५ लाख रुपैयाँ बजेट पाएको थियो । 

6f4fc92d-92a0-4a93-b9b7-9ca897154c21

यस्तै सबैभन्दा थोरै बुटवललाई ८४ करोड ८३ लाख विनियोजन भएको छ । चालु वर्षमा यो उपमहानगरपालिकाले ८६ करोड ४२ लाख बजेट प्राप्त गरेको थियो । अर्थात् चालु वर्षको तुलनामा १.८४ प्रतिशतले घटेको हो । 

यस्तै दोस्रो थोरै बजेट पाउनेमा इटहरी हो । यसले १ अर्ब २१ करोड ४४ लाख रुपैयाँ बजेट पाएको छ । उसको बजेट चालु वर्षको तुलनामा २८.५२ प्रतिशतले घटी हो । चालु वर्षका लागि इटहरीका लागि १ अर्ब ६९ करोड ९० लाख रुपैयाँ विनियोजन भएको थियो । 

सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि देशभरका ११ वटा उपमहानगरपालिकालाई ११ करोड ५९ करोड २० लाख रुपैयाँ अनुदान दिने भएको छ ।  चाल आर्थिक वर्षमा उपमहानगरपालिकाहरूका लागि ११ अर्ब ८४ करोड ७३ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।