इलामः एक महिना अघि इलामको माईजोगमाई गाउँपालिका ३ का श्याम भट्टराईका पाँच वटा बाख्रा जङ्गली जनवारको सिकार बने । बाँधिएको ठाउँमा नै तीन वटा खसी र दुई वटा ब्याउने माउ बाख्रा जङ्गली जनावरले खाइदियो ।
दुई दिन अघि माईजोगमाई दुई का धन बहादुर महतको ब्याउने बाख्रा मा¥यो । माउ बाख्रासँगै चार वटा पाठा पनि मरे । माईजोगमाई तीनका गंगा नारायण श्रेष्ठको ब्याएको बाख्रा जङ्गली जनावरले खाइदियो । माईजोगमाई गाउँपालिकामा पछिल्ला महिनाहरूमा जङ्गली जनावरको आतङ्क बढेको छ ।
चितुवा, बँदेल, र जस्ता जङ्गली जनावरहरूले दिनहुँ जसो घरपालुवा जनावर मार्ने र बाँदरले अन्नबालीमा नोक्सानी गर्न थालेपछि स्थानीय त्रसित छन् । साँझ हुने बित्तिकै खसी बाख्रालाई सुरक्षित स्थानमा सार्ने अनि बिहान भएपछि बाहिर निकाल्ने गर्न थालेको किसानहरूले बताएका छन् । त्यसो गर्दा पनि खसी बाख्रालाई जङ्गली जनावरले आक्रमण गरिरहेका हुन्छन् ।
गाउँपालिका भित्रका सबै ६ वटै वडामा जङ्गली जनावरको गतिविधि र त्यसबाट हुने क्षतिको क्रम लगातार बढिरहेको जनप्रतिनिधिहरू बताउँछन् । माईजोगमाई–३ का वडाध्यक्ष राम घिमिरेका अनुसार वडामा केही पीडितलाई राहत स्वरूप रकम उपलब्ध गराइएको भए पनि हालसम्म कहाँ कति क्षति भएको छ भन्ने यकिन विवरण भने सङ्कलन नभएको बताउँछन् । ‘हामीले स्थानीय स्तरबाट प्राप्त जानकारीका आधारमा केही राहतको प्रयास गरेका छौँ, उनले भने, सबै पीडितबाट विवरण सङ्कलन नभएकाले विस्तृत क्षतिको आकलन गर्न गाह्रो भएको छ,’ वडाध्यक्ष घिमिरेले बताए ।
माईजोगमाई भरी अहिले सम्म कति खसी बाख्रा , कति अन्नबालीमा क्षति ग¥यो सम्पूर्ण विवरण कसैसँग उपलब्ध छैन । दैनिक जसो एउटा न एउटा क्षति हुने गरेको स्थानीयहरू बताउँछन् । माईजोगमाई मात्र हैन समग्र इलाम जिल्ला भर नै पछिल्लो समय जङ्गली जनावरले आतङ्क मच्चाउँदै आएका छन् । जनावरको आक्रमण मात्र होइन, त्यसका कारण स्थानीयहरूको दैनिकीमा समेत असर परेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरू एक्लै जङ्गलतिर घाँस, दाउरा लिन जान डराउन थालेका छन् भने विद्यालय जाने बालबालिका तथा बिहान–बेलुका हिँडडुल गर्ने समेत समस्यामा छन् । किसानहरूले खेतबारीमा लगाएको मकै, तरकारी, आलु, फर्सी, इस्कुस जस्ता बालीहरू नियमित रूपमा जङ्गली जनावरहरूले क्षति पु¥याउन थालेका छन् ।
बाँदर, बँदेलले किसानहरूले लगाएको बाली नष्ट गर्ने र बाँदरले पाकेको फलफूल र तरकारीहरू उजाड पार्ने गरेको स्थानीयको गुनासो छ । स्थानीय वासीहरूले जङ्गली जनावरको आतङ्कलाई न्यूनीकरण गर्न जनप्रतिनिधि, वन कार्यालय सँग जङ्गली जनावरको आतङ्क नियन्त्रणका लागि दीर्घकालीन रणनीति बनाउनुपर्ने माग समेत गरेका छन् । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।