उदयपुरः उदयपुरको रौतामाई गाउँपालिका–२ का वडाअध्यक्ष होमबहादुर दाहाल र ताप्ली गाउँपालिका–३ का वडा सदस्य छविजर्घा मगरको निधन भएको छ ।
रौतामाई गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्र थापा क्षेत्रीका अनुसार वडा २ का वडाअध्यक्ष दाहालको ६८ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा आइतबार निधन भएको हो ।
यस्तै ताप्ली गाउँपालिका–३ का वडा सदस्य ३९ वर्षीय छविजर्घा मगरको शनिबार निधन भएको ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विकले बताए । उनी लामो समयदेखि बिरामी थिए । वडाध्यक्ष दाहाल र वडा सदस्य मगरको निधनको शोकमा आइतबार दुवै पालिकाले आफ्ना सबै सेवा बन्द गरेका थिए ।