प्रेम बास्तोला

इटहरीः स्वतन्त्र लेखापरिक्षण मार्फत बेरुजु सहितको लेखाप्रतिवेदन बुझाउने महालेखा परिक्षकको कार्यालय र लेखाप्रतिवेदनका आधारमा समाचार बनाउने सञ्चारमाध्यमप्रति इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले आक्रोश पोखेका छन् । 

उनले बेरुजु बारे अनावश्यक भ्रमसृजना हुने गरि सामाजिक सञ्जालमा प्रचारबाजी गरेको भन्दै आक्रोश पोखेका हुन् । उनले महालेखा परिक्षकको कार्यालयबाट लेखापरिक्षणका लागि खटिने कर्मचारीहरु पैसामा विक्ने गरेको आरोपसम्म लगाए । 

आर्थिक बर्ष २०८२÷२०८३ को बजेट सार्वजनिक गर्ने अघिल्लो दिन आठ महिनापछि सोमबार बसेको १४५ औं कार्यपालिका बैंठकमा पौडेलले महालेखापरिक्षको कार्यालयले हालै सार्वजनिक गरेको बेरुजु सहितको लेखाप्रतिवेदन र त्यसका आधारमा समाचार लेख्ने सञ्चारमाध्यप्रति निकै बेर आक्रोश पोखे ।

इटहरीको आमूल परिर्वतन र नगरवासीको चाहना अनुरुप इटहरीको समग्र विकास गर्ने आशा , भरोसा र विश्वासमा पौडेललाई नगरवासीले ५ बर्षका लागि मेयर पदमा विजयी गराएका थिए । 

५ बर्षे कार्यकालका लागि निर्वाचित भएका मेयर पौडेलको ३ बर्षे कार्यकाल सकिएको छ । तर यो अवधिमा उनी व्यक्तिगत फाईदामा रमाईरहेका छन् । उनी तत्काल आवश्यक नभएका महंगा महंगा सवारीसाधन, मिलमेसिनरी खरिदमा, आफना, आफन्त र निकटका कार्यकर्ताहरुलाई कर्मचारीका रुपमा बर्षेनी इटहरी उपमहानगरमा भर्ती गराउनमा व्यस्त देखिएका छन् । तर,३ बर्षसमय विताउँदा उनले निर्वाचन अघि सार्वजनिक गरेका प्रतिवद्धतालाई समेत भुलेर कुनै दिन इटहरी उपमहानगरको बेरुजु घटनाउने बिषयमा सामान्य चासो समेत नदेखाएको पाइएको छ । यदि चासो देखाएको भए महालेखा परिक्षकको कार्यालयले आर्थिक बर्ष २०८०÷२०८१ को लेखापरिक्षण प्रतिवेदनमा बेरुजु फछ्र्यौट शून्य हुँदैन थियो । 

WhatsApp Image 2025-06-24 at 07.51.47_f6d39658

आर्थिक शुसानमा बेरुजुलाई पनि महत्वपूर्ण रुपमा हेरिन्छ । तर मेयर पौडेल बेरुजु घटाउनु त कता हो कता बेरुजु औल्याउने महालेखा परिक्षकको कार्यालय र त्यसको आधारमा समाचार सार्वजनिक गरिदिने सञ्चारमाध्यम प्रति आक्रोश पोख्न मै व्यस्त देखिए । 

मेयर पौडेलले सामान्य कुराको पनि ध्यान नदिई उहि प्रकृतिको काम गर्ने छिमेकी पालिकाको चाँही महालेखा परिक्षकको कार्यालयले बेरुजु नदेखाउने तर इटहरीको चाँही देखाउने ? महालेखा कार्यालयबाट खटिने लेखापरिक्षक कर्मचारीहरु प्रतिवेदन बनाउन पनि पैसामा चलखेल गर्दा रहेछन् भन्न सम्म भ्याए । 

उनले १ अर्ब १० करोड त द्धारिकलाल चौधरीले नेतृत्व गरेको ५ बर्षे कार्यकालको बेरुजु भएको बताए । अहिले १६ करोड बढेर १ अर्ब २६ करोड पुगेको हो । तर, आफु र इटहरी नगरलाई बदनाम गराउने केही सञ्चारमाध्यम, नयाँ पार्टीका व्यक्तिहरु हत धोएर लागेको उनले दावी नै गरे । 

मेयर पौडेलले कार्यपालिका बैंठकमा भने र्—यो कार्यापालिका र सरकार म एक्लैले चलाएको होइन् । तपाई हामी सबैले चलाईरहेका छौं । फेरी छोडेर पनि कोही कत्तै गएका छैनौं । तर खाली मलाई मात्रै मेन्सन गरेर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनावश्यक हल्ला किन फिजाईन्छ ? त्यसका विरुद्ध तपाईहरु किन एक शब्द लेखेर प्रतिवाद गर्नुहुन्न ? मैले बिषेश अनुरोध नै गरे भ्रम चिर्न तपाईहरु लागिदिनुहोस् ।’ 

बेरुजुका बिषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा आईरहेका बिषयलाई चिर्नका लागि मेयर पौडेलले आवश्यक सहयोग मागेपनि कार्यपालिका बैंठकमा सहभागी कोही सदस्यले नबोलेपछि मेयर पौडेलसँग बसेकी उपमेयर संगिता चौधरीले नियमसंगत नगरको पैसा खर्च गरे प्रतिवादका लागि मेयरलाई साथ दिने बताइन् । 

WhatsApp Image 2025-06-24 at 07.48.30_0d6e2a0a

उनले उदाहरण दिँदै भनिन्र्—सुनसरीको चतरामा लागेको १२ बर्षे कुम्भमेलामा तपाई आफुले व्यक्तिगत हिसाबले १० लाख दिनुभयो । त्यो रकम दिनुअघि कम्तीमा कार्यपालिका बैंठकमा प्रस्ताव ल्याएर निर्णय गराउँनु पर्दथियो । तर, तपाईले त्यसो गर्नु भएन । इटहरी उपमहानगरबाट हुने हरेक खर्चहरु कार्यपालिकाबाट निर्णय गराउने काम गर्नुहोस्, अनि पनि यस्तो बेरुजु आयो र बाहिर तपाई विरुद्ध भ्रम सृजना हुने गरि प्रचार गरियो भने हामी साथ दिन तयार छौं ।’

उपमेयर चौधरीले आर्थिक शुसासनका लागि दैनिक हुने सामान्य खर्च बाहेक ठूला ठूला खर्चहरु गर्नु अघि कार्यपालिकाको बैंठकमा राखेर निर्णय गर्दा पारदर्शी मात्र नभई सबै कार्यपालिका सदस्यहरु त्यसको जिम्मेवार हुने आशयका साथ मेयरलाई उदाहरण सहित सुझाएकी मात्र थिइन् । तर उपमेयर चौधरीले त्यसो भनिनसक्दै मेयर पौडेलले जवाफ दिँदै भने —‘१२ बर्षपछि लाग्ने कुम्भमेला हो । सबैको धर्मप्रति आ आफ्नै आस्था हुन्छ । जगतगुरुले आशा गरिहाल्नुभयो । फेरी मैले मात्रै होइन, देशभरका प्राय सबै पालिका प्रमुख, प्रदेश सरकार प्रमुखले कुम्भमेलालाई आर्थिक सहयोग गरेका छन् । त्यो १० लाख दिएकै कारण इटहरी उपमहानगरपालिकाको यत्रो बेरुजु भएको हो भने म सबै जिम्मेवारी लिन्छु  । कुम्भमेलालाई दिएको त्यो १० लाखपनि लगेका छैनन् । अब केही दिन मात्र लान्छ ।’

WhatsApp Image 2025-06-22 at 17.30.34_7699d13f 1

मेयर पौडेलले केही समय अघि फछ्र्यौटका लागि एक अधिकारसम्पन्न समिति बनाउनका लागि प्रस्ताव ल्याउन खोजे पनि त्यसबेला कार्यपालिका सदस्यले गम्भिरताका साथ नलिइएको दावी गरे । 

उनले इटहरी उपमहानगरपालिकामा देखिएको बेरुजु फछ्र्यौटका अब चाँडैनै राम्रोसँग लेखा बुझेको अवकास प्राप्त लेखाअधिकृत सहितको एक अधिकारसम्पन्न समिति बनाउने बताए ।   फछ्र्यौटका लागि जस जसका नाममा बेरुजु देखिएको निश्चित समय दिएर सूचना जारी गर्ने र समयभित्र फछ्र्यौट नगरे उनीहरुको नाम सार्वजनिक गर्ने मेयर पौडेलले बताए । कानुन बनाएरै भएपनि बेरुजु फछ्र्यौट नगर्नेहरुको सम्पति जफत गर्नेसम्मका काम अब इटहरी उपमहानगरले गरेरै छाड्ने बताए । उनले आफ्नो कार्यकाल सकिँदै गर्दा इटहरी उपमहानगरको हालदेखिको बेरुजु घटाएरै छाड्ने बताए ।