इटहरीः देशका ६ वटा महानगरपालिका मध्ये पाँच वटा महानगरपालिकाकाले आर्थिक वर्ष २०८२र ८३ बजेट सार्वजनिक गरेका छन् । काठमाडौँ महानगरपालिका बाहेक अन्य ५ सवै महानगरले कानुनले तोकिदिएको समय सीमा भित्रै नगरसभामार्फ बजेट सार्वजनिक गरेका हुन्।
मंगलबार ललितपुर महानगरपालिकाले ७ अर्ब ४७ करोड ४१ लाख रुपैँया बजेट सार्वजनिक गरेको छ । यसैगरी पोखरा महानगरपालिकाकाले ८ अर्ब ३५ करोड १२ लाख, विराटनगर महानगरपालिकाले ४ अर्ब ४० लाख, भरतपुर महानगरपालिकाले पाँच अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ।
यसैगरी वीरगञ्ज महानगरपालिकाले ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार सार्वजनिक गरेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्था अनुसार प्रत्येक वर्ष असार १० गतेभित्र स्थानीय तहले बजेट सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्ने प्रावधान छ ।
काठमाडौँ महानगरमा नीति तथा कार्यक्रम र बजेट सार्वजनिक हुन नसक्नुमा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको विवाद रहेको वडाध्यक्षहरु बताएका छन् ।
लामो समय पालिकामा अनुपस्थित रहेका प्रमुख प्रशासकीय अधिकृत साढे २ महिना अघि मात्र महानगरमा हाजिर भएका थिए । हाजिर भएपछि पनि मेयर र प्रशासकीय अधिकृतबीच संवाद र सहकार्य हुन नसक्दा बजेट समयमा ल्याउन नसकिएको काठमाडौँ महानगरपालिकाका ३ नम्बर वडाका वडाध्यक्ष प्रेम थापाले बताए ।
संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयलको वेभसाइटमा भने अहिलेसम्म जम्मा १८० स्थानीय तहले मात्र बजेट ल्याएको विवरण अपडेट भएको छ । विवरण अपडेट नभएपनि बजेट ल्याउने स्थानीय तहको संख्या बढी हुन सक्ने मन्त्रालयले जनाएको छ ।