इटहरीः महालेखा परिक्षकको कार्यालयले इटहरी उपमहानगरपालिकाको आर्थिक बर्ष २०८०/०८१ को लेखापरिक्षणमा देखाईएको बेरुजुबाट अतालिएका इटहरीका मेयर हेमकर्ण पौडेल त्यसलाई ढाकछोप गर्न डलर खर्च गरिरहेको पाइएको छ । 

उनका प्रेस सल्लाहाकार  सहितको आईटी टिमका सदस्यहरुलाई परिचालन गरि बेरुजु ढाकछोप गर्न अगाडि इटहरी नाम जोडेर  निर्माण भएका फेसबुक पेंजमार्फत एआईबाट निर्माण गरिएका सामाग्री पोष्ट गरि डलर खर्च गरेर बुष्ट गर्दै आएको पाइएको हो । 

पछिल्लो समय हालसम्मको बेरुजुको रेकर्ड हेर्दा देशभरका  ११ उपमहानगरपालिका मध्ये सबैभन्दाबढी इटहरी उपमहानगरपालिकाको १ अर्ब २६ करोडमाथि बेरुजु भएको खबर सञ्चारमाध्यमहरुमा प्रकाशन भएका थिए । समाचार प्रकाशन भएका अधिकांश अनलाइन सञ्चारमाध्यमले हालसम्म इटहरीको बेरुजु कति र आर्थिक बर्ष २०८०/२०८१ म कति हो भन्ने स्पष्ट खुलाएर प्रकाशन गरेपनि सबै समाचार राम्रोसँग अध्ययन नगरी आठ महिना पछाडि ९ असारमा बसेको कार्यपालिका बैंठकमा मेयर पौडेलले समाचार लेख्न र ती समाचारका बिषयमा सामाजिक सञ्जालमा प्रतिक्रिया दिनेहरु प्रति आक्रोश नै पोखेका थिए । 

उनले इटहरी सरकार आफु एक्लैले नचलाएको र कार्यपालिका सबै सदस्यको बदनाम गरेको जनाउँदै सामाजिक सञ्जालमार्फत प्रतिवादन गर्न सबैलाई आग्रह गरेका थिए । उनको आग्रहलाई कसैले स्वीकार गरेका थिएनन् । उपमेयर संगीताकुमारी चौधरीले इटहरी सरकारले गर्ने हरेक खर्चलाई कार्यपालिका बैंठकद्धारा निर्णय गराएर कार्य गरेको भए मेयरको आग्रहलाई स्वीकार गर्न सकिने बताएकी थिइन् ।

मेयर पौडेलले कार्यपालिका बैंकमा आग्रह गर्दापनि साथ नपाएपछि उनले आफ्ना प्रेस सल्लाहाकार  सहितको टिमलाई भ्रम चिर्न पर्ने भन्दै केही सामाग्री उत्पादन गरि फेसबुक पेंजमा हाल्न निर्देशन दिएका थिए । सो पेंज भने अरुकै नाममा दर्ता रहेको छ । 

कार्यपालिका बैंठक सकिएको चार दिनपछि इटहरी खबर’ नामक फेसबुक पेंजमा इटहरी घुम्न आएको यतिलाई एक महिला पत्रकारले प्रश्न गरेको र उसले जवाफ दिएको एउटा भिडियो सामाग्री प्रकाशन गरिएको छ र्। इटहरी खबर’ पेंज मेयर पौडेलका प्रेस सल्लाहाकार  सहितको टिमले सञ्चाल गर्दै आएको छ । 

त्यसरी बनाईको भिडिर्यो इटहरी खबर’ पेंजमा हालेर डलर खर्च गरि बुस्टिङ गरिएको पाइएको छ । त्यो सामाग्री डलर खर्च गरेर बुष्टिंग नगरेको मेयरको सचिवालय सदस्यको दावी छ । 

WhatsApp Image 2025-06-28 at 18.58.09_cd656c8a 1

ए यति इटहरी आईछ त तपाई ?हजुर, देशभरी बेरुजु भन्ने हल्ला सुने,त्यसै बुझ्न आएको, त्यो त के बुझ्नुभयो त ?  बुझे हल्ला मात्रै रहेछ, पुरानै बेरुजु धेरै थिए । तर अहिलेका मेयर हेमकर्ण पौडेललाई नजोडिनु पर्नेमा जोडिएको रहेछ । भन्ने एआई महिला सञ्चारकर्मी र यति बीचको संवाद सहतिको भिडियो निर्माण गरेर मेयर पौडेलको कार्यालयमा बेरुजु नै नभएको भन्ने भ्रम छर्ने काम गरिएको छ । 

बेरुजु नै नभएको हल्ला मात्रै गरेको एआई भिडियो सामाग्री निर्माण गरि फेसबुक पेजमार्फत बुष्टिङ गरेर महालेखा परिक्षकको कार्यालयले स्वतन्त्र रुपमा गरेको लेखापरिक्षणलाई पनि मेयर पौडेलले ठाँडो चुनौती दिएका छन् । उनले ९ गते लाईभ गरेको कार्यपालिका बैंठकमै सार्वजनिक रुपमै महालेखाका कर्मचारीहरु पैसामा बिक्री भएर लेखापरिक्षण प्रतिवेदन तयार गर्ने गरेको आरोप लगाएका थिए । 

इटहरी उपमहानगरमा बेरुजु नै नभएको तर सञ्चारमाध्यमहरुले गलत लेखेको र त्यसको आधारमा सामाजिक सञ्जालमा इटहरीको अपमान गर्ने कार्यगरेको भन्ने यति भिडियो मार्फत भ्रम छर्न खोजेका मेयर पौडेललाई र निर्माण गरि पोष्ट गर्नेहरुलाई नै तथानाम गालीको बर्षा भईरहेको छ र्। इटहरी खबर’ पेंजमा हालिएको सो भिडियोका बिषयमा इटहरीका सचेत नगरवासीहरु र बिभिन्न पार्टीका युवा नेताहरुले भिडियोका विरुद्धमा प्रतिक्रिया जनाईरहेका छन् ।

अब एआईद्धारा निर्माण गरिएको यतिको कुरा नगरवासीले पत्याउनु पर्ने ? जानताले पत्याउँदैनन/बोल्दैनन् अब बाँदर, चिम्पान्जि यस्तै यस्तै जनवार त हो इटहरी सरकारको पक्षमा बोल्ने जस्ता प्रतिक्रिया जनाउँदै प्रतिवाद गरिरहेका छन् । यो समाचार तयार पर्दासम्र्म  इटहरी खबर’ फेसबुक पेंजमा १ सय ४० जनालाई प्रतिक्रिया जनाएका छन् । अधिकांसले इटहरीका मेयर पौडेल, भिडियो सामाग्री तयार परेर पोष्ट गर्नेहरुलाई नै गाली गरिरहेका छन् । 

f1

माधव कार्की लेख्छन्—‘अब यसरी पनि ईटहरीको जनतालाई बेवकुफ बनाउन खोज्छन हौ कतिसम्म गर्न खोज्छन् , हैट ।’

महेन्द्र बिष्टले प्रश्न गरेका छन्र्—पुरानो वेरुजु असुल गर्ने जिम्मेवारी अहिलेका पदाधिकारीहरुको हैन र ?’

सरोज गिरी लेख्छन् र्—अब मान्छे आफ्नो पक्षमा नबोलेपछि यस्तै यति,ढेँडु र बाँदरहरुले नै बोल्छन् होला नि अब ।  पछि कतै उम्मेदवार हुँदा भोट पनि यसैले हाल्छ ।’

अतित नेपाल लेख्छन् —‘बाँदरको सहारा ले चल्दैछ मेरो नगर , बिचरा ।’

ओम पोखरेल लेख्छन्र्—इटहरीतिर कहिँले हिँउ पर्न थालेछ है

बेरुजु धेरै भएर हिँउ परेको हो ?’ भनेर प्रश्न गरेका छन् । 

मनोहर पाण्डे लेख्छन्र्—हल्ला मात्र हो भने वास्तविक ल्याउन सक्नु परो झुटको खेती हैन काम गरेर देखाउनुस् जनताको विश्वासमा  धोका गरेको छ,इटहरी नगरपालिकाले’ । स्वतिक क्षेत्री लेख्छन् र्—इटहरी खबरले अब हेमकर्णको रक्षयान खान मात्र बाँकी रहेछ’ ।   

सो भिडियो इटहरी न्यूज भन्ने टिकटक अकाउन्टबाट पनि पोष्ट गरिएको छ । त्यहाँपनि धेरै जसोले मेयर पौडेललाई नै गाली गरेका छन् ।  

इटहरीको आर्थिक वर्ष २०८०/८१ को बेरुजु , यर्थाथ र भ्रम

महालेखा परिक्षकको कार्यालयले इटहरी उपमहानगरपालिकाका नगरप्रमुख( मेयर) हेमकर्ण पौडेललाई सम्बोधन गरिएको आधिकारिक पत्र सहितको बुझाएको लेखापरिक्षण प्रतिवेदनमा स्पष्ट रुपमा बेरुजु देखाइएको छ । त्यसैको आधारमा मिडियाहरुले स विस्तार समाचार प्रकाशन गरेका थिए । समाचारलाई राम्रोसँग नबुझी मेयर पौडेल अतालिँदै आक्राशित बनेका थिए । आक्रोशको परिणाम उनले ३४ डिग्रीमाथिको तापक्रम भएको इटहरीमा  हिँउ परिरहेको र सोही बेला यतिसँग महिला सञ्चारकर्मीले प्रश्न सोधेको भिडियो बनाउन लगाएर नगरवासीमा उल्टै भ्रम छरेर आफु चोखिन खोजेका छन् । बेरुजुको यर्थाथ र भ्रम यस्तो छः —

(१) आर्थिक वर्ष २०७४ सम्मको महालेखा परिक्षकको प्रतिवेदनले देखाएको बेरुजु ६८ करोड ५२ लाख हाराहारी हो ।  यो बेरुजु भनेको स्थानीय तहको निर्वाचन २०७४ मा हुनुभन्दा अगाडिको नै हो । जसबेला कर्मचारी प्रशासनले इटहरी सरकार चलाएका थिए । सो बेला बनेको राजनितिक संयन्त्रमा नेपाली कांग्रेसको नगरसभापतिका रुपमा मेयर पौडेल नै सदस्यका रुपमा सहभागी थिए । 

(२) आर्थिक वर्ष २०७४ देखि २०७९ सम्मको बेरुजु रकम ८८ करोड हाराहारी हो ।  जुन बेरुजु द्वारिकलाल चौधरी नगरप्रमुख भएर पाँच वर्ष स्थानीय तहको नेतृत्व गर्दा भएको हो । जसमा उनकै नेतृत्वमा इटहरी उपमहानगरपालिका सञ्चालन हुँदा भएको यथार्थ बेरुजु भने २० करोड हाराहारी रहेको थियो । 

(३) आर्थिक वर्ष २०७९/८० को बेरुजु रकम १ अर्ब १० करोड हाराहारी रहेको छ ।  जुन बेरुजु रकम २०७९ को स्थानीय तहको निर्वाचनबाट नगर प्रमुखमा हेमकर्ण पौडेल आएपछिको हो  । उनको एक वर्षको बेरुजु रकम २२ करोड हाराहारी रहेको छ । उनले नेतृत्व गर्दा द्वारिकलाल चौधरीले पाँच वर्षको अवधिमा फछ्र्योट गर्न नसकेको बेरुजु रकमलाई रेकर्ड ब्रेक गर्दै एक वर्षमै २२ करोड हाराहारी बेरुजु पुर्याएका थिए । 

(४) आर्थिक वर्ष २०८०/८१ मा इटहरी उपमहानगरपालिकाको बेरुजु रकम १ अर्ब २६ करोड हाराहारी पुग्यो ।  जुन अघिल्लो वर्षको भन्दा १६ करोड हाराहारी बढी हो ।  हेमकर्ण पौडेलले नेतृत्व गरेको दुई वर्षमा इटहरी उपमहानगरपालिकाको बेरुजु करिब ३९ करोड हाराहारी हुन पुगेको छ ।

f6


f4

f2