काठमाडौंः राष्ट्र बैँकले बुधबार ६० अर्ब निक्षेप खिच्दैछ । निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैँकले ६० अर्ब निक्षेप खिच्न लागेको हो ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ सुरुवातबाट नै राष्ट्र बैँकले निरन्तर तरलता खिच्दै आएको छ । अहिले कुल निक्षेप ७० खर्ब ५८ अर्ब माथि पुगेको छ ।
निक्षेप बढेको बढ्यै गर्दा अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको हो । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ भने आज बोलकबोल हुने निक्षेप सङ्कलन उपकरणको सावाँ तथा ब्याज २०८२ भदौ १८ गते भुक्तानी हुने राष्ट्र बैँकले जानकारी दिएको छ ।
बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपियाँ र अधिकतम ५ करोड रुपियाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुने छ । बोलकबोलमा राष्ट्र बैँकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैँक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।
सामान्यता २१ दिनका लागि राष्ट्र बैँकलले बोलपत्र आह्वान गर्ने गरे पनि पछिल्लो समय भने लामो समयका लागि राष्ट्र बैँकले बजारबाट पैसा खिच्न थालेको छ ।