काठमाडौँः असार २४ गते मध्यरातमा ल्हेन्दे खोलामा आएको लेदोसहितको बाढीले बगाएकाहरुमध्ये थप दुई जनाको शव फेला परेको छ । चितवनको ईच्छाकामना गाउँपालिका–६ स्थित कालीखोला र नवलपरासी जिल्लाको विनय त्रिवेणी गाउँपालिका–७ स्थित व्यारेज पुलमा सो शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले अन्य बेपत्ता भएकाहरुको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका सुरक्षाकर्मीले भोटेकोशी र त्रिशुलीको दुवै किनारामा खोजीकार्य जारी राखेको जानकारी दिए ।
नदीमा आएको बाढीका कारण बन्द भएको सडकखण्ड सशस्त्र प्रहरी लगायतको सुरक्षा फौजले अस्थायी पदमार्ग बनाई एक सय ४३ जनालाई सुरक्षितकासाथ गन्तव्यतर्फ पु¥याएको छ । त्यस्तै १२ जना नेपाली नागरिकको विभिन्न निजि हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा सारिएको हो ।
यसैगरी, चीनतर्फ रहेका विपद् प्रभावित ९१ जना नेपाली नागरिकहरुलाई नेपाल चीन समकक्षी सम्बन्धित निकायहरुको समन्वयमा चीनको केरुङ्गमा सुरक्षितकासाथ बस्न र खानाको व्यवस्था मिलाइएको छ । विपदको कारण रसुवा भन्सार कार्यालय र टिमुरेको यार्डमा रहेका चार वटा ईभि साधन र चार वटा कन्टेनरमा रहेका सामानलाई सुरक्षित स्थानमा सारिएको छ भने कन्टेनरलाई व्याक लोडरको सहायताले सुरक्षित स्थानमा सारिएको छ ।
यस्तै, सो क्षेत्रमा अवरुद्ध भएको सञ्चार र विद्युत सञ्चालनमा ल्याइएको छ । जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको बैठकले सम्बन्धित निकायहरुलाई निरन्तर परिचालन गरी सुचारु गराएको हो ।
उनले विपदका कारण अवरुद्ध भएको स्याफ्रुवेशी–रसुवागढीसडकखण्डलाई यथासिघ्र सुचारु गर्नका लागि जलविद्युत आयोजनामा रहेका विभिन्न हेवी इक्युमेन्टसहित आवश्यक जनशक्तिलाई परिचालन गरीएको र बाटो सुचारु गर्नका लागि आवश्यक समन्वय समेत भइरहेको बताए ।
असार २४ र २५ गते अवरुद्ध भएको सडकखण्डलाई नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा अस्थायी पदमार्ग बनाइ चार सय ८५ भन्दा बढीलाई सुरक्षाकासाथ गन्तव्यतर्फ पु¥याएको थियो ।
असार २४ गते मध्यरातमा आएको बाढीले तीन् सुरक्षाकर्मीसहित १४ जना नेपाली र ६ जना चिनीयाँ नागरिक बगाई बेपत्ता भएका थिए । हालम्म ६ जनाको शव फेला परेको छ भने पाँच वटा मानव अङ्ग फेला परेको छ । फेला परेको शवमध्ये एक वटा शवको मात्र पहिचान हुनसकेको छ बाँकी शव र मानव अङ्ग त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।