इटहरीः मकालु इङलिस बोर्डिङ स्कुल इटहरीले २०८१ सालको एसइइ परीक्षामा ४.० जिपिए सहित सतप्रशित उत्कृष्ट जिपिए सहित  उत्रिण गरेका विद्यार्थीहरु एसइइ  दिक्षित भएका छन् । 

 शिक्षा विकास तथा समन्वय इकाई सुनसरी प्रमुख देवेन्द्र बहादुर मल्लको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको थियो  । मल्लले मकालुका विद्यार्थीको मेहनतले नै यो नतिजा आएको बताउँदै जसले जति मेहनत गर्‍यो त्यहि अनुसार नजिजा आउने कुरा प्रष्ट पारे । 

WhatsApp Image 2025-07-13 at 07.59.43_64b5c505

  बिषेश अतितिका रुपमा कार्यक्रममा सहभागी शिक्षाबिद तथा पुर्व जिल्ला शिक्षा अधिकारि सुवर्ण बहादुर थापाले यो प्रेरणादायी कार्यक्रम छ यस्ता कार्यक्रमले विद्यार्थीको मनोबल बढ्ने बताउँदै  हाम्रो सस्कार तथा संस्कृतिको पनि जगेर्ना गर्नुपर्नेमा जोड दिए । 

विशेष अतिथिको रुपमा बोल्दै   पुर्व कृषि तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले   बिद्यालय परिवार अहोरात्र खटिरहेकोले एसइइको नतिजा राम्रो आएको बताईन् ।    एनप्याब्सन सुनसरीका सल्लाहकार नारायण सन्जेलले  देशभरको नतिजामा संस्थागत बिद्यालयको  नतिजा पनि सामुदायिकको तुलनामा उत्कृष्ट रहेको बताए  । उनले सुनसरीमा ४.० जिपिए ल्याएका सातवटा  बिद्यालय पनि संस्थागत नै भएको जानकारी दिए । 

WhatsApp Image 2025-07-13 at 07.59.43_dca42830

 सुनसरी प्याब्सनका उपाध्यक्ष गणेश भण्डारीले  संस्थागत बिद्यालयको लगाब तथा सचेत अभिभावकका कारण मकालु लगायत सम्पुर्ण संस्थागत बिद्यालयको नतिजा राम्रो भएको बताए । 

 दिक्षान्त समारोहका अध्यक्ष मकालुका  प्रधानाध्यापक थानेश्वर ढकाल नेल्शनले मकालु स्कुलको नतिजा यसपटक मात्रै नभई  बिगतका बर्षमा पनि इटहरीमा उत्कृष्ट नै भई अग्रस्थानमा रहँदै आएको बताए । उत्कृष्ट नतिजा आउनुमा सम्पुर्ण अभिभावक, बिद्यालय, विद्यार्थी तथा शिक्षकको निरन्तर लगाबको ठूलो हात रहेको ढकालले बताए । 

कार्यक्रम अभिभावक प्रतिनिधिको रुपमा बिद्यालयका संस्थापन कालका बिद्यालय व्यवस्थापन समिती अध्यक्ष चिन्तामणि पौडेलले मकालु हरेक प्रकारले उत्कृष्ट रहेको बताए ।  दिक्षान्त समारोहमा बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष रन्जना शर्माले सहभागीहरुलाई शब्दद्धरा स्वागत गरेकी थिइन् । 

WhatsApp Image 2025-07-13 at 07.59.43_8bd9ce6e

 कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन मकालु स्कुलका विद्यार्थीहरुने नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा बिद्यार्थी प्रतिनिधिका रुपमा जिपिए ४.० ल्याउने मिसु प्रधान, तथा उत्कृष्ट नतिजा ल्याउने अस्टिका थापा र सफलता गिरीले  आ आफ्नो भनाई राख्दै मकालुमा  अध्ययन गर्दा अथाह ज्ञान, विवेक, बुद्धि तथा सिप र व्यबहार सिकेको जुन हामीलाई त्यहाका शिक्षकबाट प्राप्त भयो अब यो सिप तथा अनुभवले हाम्रो जिवनलाई सफल बनाउने विश्वास व्यक्त गरे ।  कार्यक्रम मकालुका सहायक प्रधानाध्यापक मणि पौडेलले संचालन गरेका थिए । 

WhatsApp Image 2025-07-13 at 07.59.44_5495b9b5

WhatsApp Image 2025-07-13 at 07.59.43_50f0f959