इटहरीः इटहरी उपमहानगरपालिकामा बिभिन्न खालका विज्ञापन र बोलपत्र सुचना प्रकाशनका नाममा खुलेआम लुट धन्दा चलिरहेको छ । विज्ञापन एजेन्सी सञ्चालहरुसँग उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, लेखाअधिकृत, योजना शाखा प्रमुख र नगरप्रमुखको सचिवालयका केही सदस्यहरुको साँठगाँठमा लुट धन्दा चलिरहेको हो । 

इटहरी उपमहानगरपालिकाका यसअघिका मेयर द्धारिकलाल चौधरीको कार्यकापलबाट शुरु भएको लुट धन्दा हेमकर्ण पौडेलको कार्यालयमा थामिनसक्नु गरि मौलाएको छ । ६० प्रतिशत छुटमा जुन जुन पत्रिकामा सूचना प्रकाशनका लागि प्रस्ताव पेश गरेतापनि साँठगाँठमा तीनै पत्रिकामा १५ प्रतिशत मात्र छुट लिएर आर्थिक बर्ष २०८०/२०८१ म मात्र ९३ लाख ७१ ह्जार ८ सय ४९ रुपियाँ बराबरको बिभिन्न विज्ञापन र बोलपत्र आह्रवानका सूचनाहरु प्रकाशन गरेको पाइएको छ । 

इटहरीको जेपी मिडिया प्रालिले इटहरी उपमहानगरपालिकालाई २०८१ श्रावण २३ गते ६० प्रतिशत छुटमा स्थानीय तथा राष्ट्रिय स्तरका पत्रिकाहरुमा जनहितमा जारी विज्ञापन र बोलपत्र आह्रवानको सूचना प्रकाशनको ग्यारेण्टी सहितको प्रस्ताब नै दर्ता गराएको थियो । प्रस्तावमा तत्कालिन प्रमुख प्रशासकिय अधिकृतले हस्ताक्षर गरेका थिए । सो प्रस्तावको दर्ता नम्बर १८५० हो । त्यसरी प्रस्ताव आउनसाथ नियम अनुसार जनहितमा जारी विज्ञापन र बोलपत्र सम्बन्धिका सूचना प्रकाशनका लागि विज्ञापन एजेन्सी र स्थानीय मिडिया प्रालिहरु बीच प्रतिष्पर्धा गराउनु पर्ने हो ।

WhatsApp Image 2025-07-13 at 16.56.11_ac26c122

एक आर्थिक बर्षभरी प्रकाशन गर्नु पर्ने जनहितमा जारी विज्ञापन र बोलपत्र आह्रवानको सूचनाको टेण्डर नै खोलेर इटहरी उपमहानगरपालिका अगाडि बढ्नुको साटो परेको प्रस्ताव बर्षभरी लुकाउने काममा लागेको पाइएको छ । अझ जनहितमा जारी  विज्ञापन र बोलपत्र आह्रवान सम्बन्धि सूचना प्रकाशनका नाममा  इटहरी क्षेत्रका केही इटहरी सरकार र नगरवासीहरुकै हित चाहाने संचारकर्मीहरुले मेयर पौडेल र उनका प्रेस सल्लाहाकार धनबहादुर पुरीलाई मौखिम रुपमा  लुटधन्दा रोक्न आग्रह गर्दा वेवास्था गरेका थिए । 

इटहरी उपमहानगरलाई करिब ७० लाख नोक्सान

जेपी मिडिया प्रालिले ६० प्रतिशत छुटको सहित प्रस्ताव दर्ता गराउन साथ सूचना प्रकाशनका लागि बोलपत्र आह्रवान गराएको भए इटहरी उपमहानगरको ठूलो रकम अपलन हुनबाट जोगिन्थियो । जुन जुन एजेन्सीले १५ प्रतिशत छुटमात्र दिएर बाँकी ३५ देखि ४५ प्रतिशतसम्म कमिशन खुवाएर इटहरी उपमहानगरपालिकाको सूचना प्रकाशन गरे तीनैले मोरङका केही नगरपालिका र गाँउपालिकमा टेण्डर पारि ७० देखि ८० प्रतिशत छुटमा सोही आर्थिक बर्षको अवधिमा सूचनाहरु प्रकाशन गरेको समेत पाइएको छ । 

यदि इटहरी उपमहानगरले ६० प्रतिशत छुट सहितको प्रस्ताव दर्ता हुन साथ टेण्डर आह्रवान गरेको भए इटहरी उपमहानगरको झण्डै ७० लाख रुपियाँ जोगिने थियो । जुन रकमबाट नगरवासीका लागि अति आवश्यक कुनै एक योजना सम्पन्न गर्न सकिने थियो । तर, नगरमा व्यापक परिर्वतन गरि नगरवासीको मुहार फेर्ने निर्वाचनअघि र पछि दुहाई दिने हालको नेतृत्वले चासो नै नदेखाएको पाइएको छ । 

WhatsApp Image 2025-07-13 at 20.15.02_5b13d825

इटहरी उपमहानगरपालिका लेखाशाखा स्रोतका अनुसार जेपीले प्रस्ताव हालेको अघिल्लो अर्थात २०८० सालको श्रावणमा काठमार्डौं एक मिडिया प्रालिले ७५ प्रतिशत छुटमा विज्ञापन प्रकाशनका लागि प्रस्ताव दर्ता गराएको थियो । तर, सो प्रस्तावको फायल लेखाअधिकृत विकास पोख्रेलले एकाएक गायब बनाएका थिए । 

इटहरी उपमहानगरपालिकामा चालुआर्थिक बर्षमा त झन जनहितमा जारी विज्ञापन र बोलपत्र आह्रवानको सूचना प्रकाशनका नाममा सहन नसक्ने गरी  लुटधन्दा मच्चाइएको छ । लुटधन्दा स्वरुप यहि २३ र २४ असारमा  कमिशन खोर केही विज्ञापन एजेन्सीहरुका नाममा १० लाखबढीकै चेंक काटिएको लेखाशाखा स्रोतले जनाएको छ । ती एजेन्सी संचालकले आफ्नो खातामा चेंक जम्मा गरि दिनु पर्ने कमिशन सम्बन्धित कर्मचारीका खल्तीमा हाल्दिसकेका छन् । 

WhatsApp Image 2025-07-13 at 17.43.21_db5720a3

इटहरी उपमहानगरवासीहरुका लागि भन्दै इटहरीबासीले नामै नसुनेका, इटहरी उपमहानगर क्षेत्र आउँदै नआउने काठमाडौंबाट प्रकाशन हुने केही राष्ट्रिय दैनिक पत्रिकामा लाखौं रुपियाँको जनहितमा जारी सूचना प्रकाशन गरि लुटधन्दा चलाइएको हो । चालु आर्थिक बर्षमा मात्र विराटनगर, इटहरी र धरानका विज्ञापन एजेन्सीलाई १ करोड हारहारीको विज्ञान प्रकाशन गर्न दिइएको लेखा शाखा स्रोतले जनाएको छ । जसमा इटहरीबासीका लागि जारी गर्नु पर्ने जनहितमा जारी सूचना र उपमहानगरपालिकाबाट संचालन हुने बजेट भित्रकै बिभिन्न योजनासम्बन्धिको बोलपत्र(टेण्डर) आह्रवान सूचना प्रकानश गरिएको पाइएको छ । 

WhatsApp Image 2025-07-13 at 17.47.49_0478d0fe


WhatsApp Image 2025-07-13 at 17.48.23_c032199b

आर्थिक बर्ष २०८०/२०८१ मा मात्र काठमाडौंमा प्रकाशन हुने तर इटहरीसम्म नआउने मध्यान्ह, प्रभाव, सौर्य, राजधानी लगायत पत्रिकामा ठूला ठूला साईजमा बिभिन्न मितिमा रंगीन कलेबरमा सूचना प्रकाशन गरि १२ लाख ८४ हजार ४ सय ७३ रुपियाँ  बिभिन्न विज्ञापन एजेन्सीहरुलाई भुक्तानी दिइएकोमा महालेखा परिक्षकको कार्यालयले इटहरी उपमहानगरपालिकालाई बुझाएको लेखाप्रतिवेदनमै उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार गोरखापत्र राष्ट्रिय दैनिकले समेत समान्यता २५ प्रतिशत विज्ञापन/सूचना छपाईमा छुट दिने व्यवस्था गरेको छ । तर इटहरी उपमहानगरले गोरखापत्रको नियमलाई समेत फलोनगरी १५ प्रतिशत छुटमा प्रतिष्पर्धा नै नराई सिँधै विज्ञापन एजेन्सीहरुलाई १२ लाखबढीको विज्ञापन दिएको बिषय ठिक नभएको ठहर गरेको छ । 

WhatsApp Image 2025-07-13 at 17.46.22_8ef5c9e6

त्यसको अलवा बिभिन्न पत्रत्रिका र अनलाइनहरुमा सूचना प्रकाशनका नाममा विराटनगरमा कार्यलय रहेको इष्टर्न एडभरटाईजिङ प्रालिलाई मात्र नियम विपरित एकै बर्षमा ११ लाख ९५ हजार १ सय ९७ रुपियाँको भुक्तानी दिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । इटहरी उपमहानगरपालिकाका तत्कालिन प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहता र इष्टर्न एडभरटाईजिङका संचालक छिमेकी भएको बुझिएको छ । मेहताले लेखाअधिकृत विकास पोख्रेलसँगको साँठगाठमा विराटनगर, इटहरी र धरानबाट संचालित केही विज्ञापन एजेन्सीहरुसँग राम्रो साँठगाँठ गरेर लुटभन्दा चलाएका थिए । लुटधन्दा बारे सो बेला चाल पाएका इटहरी उपमहानगरपालिका मेयर पौडेल र प्रेस सल्लाहाकार पुरी चुप बसेका थिए । 

WhatsApp Image 2025-07-13 at 17.27.30_d7493834


महालेखाकै प्रतिवेदन अनुसार आर्थिक बर्ष २०८०/२०८१ मा बोलपत्र आह्रवानका सूचना नागरिक, राजधानी, अन्नपूर्णपोष्ट, नयाँ पत्रिका दैनिक,मध्यान्ह , प्रभाव, सौर्य लगायत नाम गरेका काठमाडौंबाट प्रकाशन हुने पत्रिकाहरुमा प्रकाशन गरि ६८ लाख ९२ हजार १ सय ७९ रुपियाँ खर्च गरेको पाइएको छ । यत्रो रकम खर्च गर्दा सामान्य नियम समेत इटहरी उपमहानगरपालिकाले पालना नगरेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

प्रस्तावलाई कार्यपालिकामा पेश गर्न खोजे,तर मैले सकिनः सूचना अधिकारी

६० प्रतिशत छुट सहितको जेपीको प्रस्ताव आउन साथ टेण्डर आह्रवान गरेर अगाडि बढ्ने कुरामा आफु सकरात्मक रहि इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैंठकमै लैजान खोजेको तर बिबिध कारणले आफुले नसकेको इटहरी उपमहानगरपालिकाका सूचना अधिकारी ओसन कुमार चौधरीले बताए । उनले भने ‘जेपीले हालेको प्रस्ताव इटहरी उपमहानगर र इटहरीवासीका लागि सहि थियो । टेण्डर गरेको भए ठूलो रकम इटहरी उपमहानगरकै जोगिने थियो । तर टेण्डर गर्न नै सकिएन । त्यही भएर दर्ता भएको जेपीको प्रस्ताव थन्किएको हो । लिखित  र मौखिक रुपमा कुरा राखेपछि दुई महिनाजति ७० प्रतिशत छुटमा केही सूचनाहरु प्रकाशन भए , तर त्यसपछि किन हो १५ प्रतिशत मात्र छुटमा सूचना प्रकाशन भयो ।’ आफु त माथिल्लो निकायको निर्देशन पालना गर्ने मात्र भएकाले थप अन्य केहीगर्न सक्ने अवस्थामा नरहेको चौधरीले बताए । सूचनाअधिकारीको स्वीकृत विना इटहरी उपमहानगरपालिकाबाट प्रकाशन हुने कुनै पनि सूचनालाई बैधानिक नमान्ने निर्णय गरिएपनि त्यसलाई धोती लगाउने काम गरिएको बुझिएको छ । मोटो कमिशनका लागि लेखाशाखा प्रमुख विकास पोख्रेल, योजाना शाखाका इन्जिनियरहरु, सचिवालयका केही सदस्यहरु र तत्कालिन प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहताले आ आफ्ना नजिकका विज्ञापन एजेन्सीहरुलाई मनखुसी सूचना प्रकाशन गर्न दिएर लुटधन्दा गरेका थिए । 

आउँने बर्ष टेण्डरमा जाने कुरा छः प्रेस सल्लाहाकार

इटहरीका मेयर(नगर प्रमुख) हेमकर्ण पौडेलका प्रेस सल्लाहाकार धनबहादुर पुरीले मनलाग्दी सूचना प्रकाशनमा आफ्नो संलग्नता  नरहेको दावी गरे । उनले भने —‘इटहरी उपमहानगरपालिकाको सूचना कसकसलाई दिन्छन् के कति छुटमा दिन्छन् भन्ने बारेमा न त मलाई थाहा हुन्छ न त मेयरसाबलाई । जेपीले एक बर्ष हालेको प्रस्ताव नगरका लागि फाइदाजनक थियो । विविध कारणले टेण्डर गर्न नसकिएकै हो । अहिलेका प्रमुख प्रशासकिय अधिकृत आउँदो आर्थिक बर्षमा सूचना प्रकाशनका लागि टेण्डर गराउने बिषयमा सकरात्मक नै हुनुहुन्छ ।’

इटहरी उपमहानगरपालिकाका तत्कालिन प्रमुख प्रशासकिय अधिकृत मेहताले विराटनगरको इष्टर्न एडभरटाईजिङ प्रालि सहित केही विज्ञापन एजेन्सीलाई करिब १ करोड बराबरको सूचना प्रकाशन गर्न दिएको सूचना आफुले भरखरै मात्र चाल पाएको पुरीले बताए ।  २०८० मा त दशै अघि स्थानीय मिडियालाई बजेटमै विनियोजन गरेको २३ लाख रकममा नगरबासीले नामै नसुनेका काठमाडौंमा मात्र समिति रहेका केही दैनिक पत्रिकामा जनहितमा जारी सूचना प्रकाशन गरेर २० लाख सकेपछि मेयर पौडेलले चालपाएपछि लेखाअधिकृतलाई तत्काल रोक्न निर्देशन दिएको उनले स्मरण समेत गराए ।