इटहरीः ‘क’ बर्गको एम्बुलेन्स खरिद वापतको ८३ लाख रुपियाँ र त्यसको व्याज सहित ठेकेदार कम्पनीले इटहरी उपमहानगरपालिकालाई फिर्ता गर्ने भएको छ । 

इटहरी उपमहानगरपालिका स्रोतले भन्यो —‘भोली असार ३२ गते ८३ लाख २५ हजार रुपियाँ र त्यसको नियम अनुसारको व्याज सहित ठेकेदार कम्पनीले उपमहानगरको खातामा पैसा फिर्ता गर्दै छ ।’

सो रकम फिर्ता गर्नका लागि ठेकेदार कम्पनीका आधिकारिक व्यक्ति आई लेखाशाखामा सम्पर्क गरि सकेको र लेखाशाखाले भोली अर्थात ३२ असारमा व्याज सहितको रकम फिर्ताका लागि आवश्यक प्रकृया अगाडि बढाईसकेको स्रोतले दावी गरेको छ । 

whatsapp-image-2025-07-07-at-055418-26ca06ae 1

एम्बुलेन्स खरिदका नाममा इटहरी उपमहानगरले ठेकेदार कम्पनी नेशनल फायर सेफले कूल कबोलको शतप्रतिशत रकम पेश्की वापत ८३ लाख २५ हजार रुपियाँ भुक्तानी दिएको तर २१ महिनासम्म एम्बुलेन्स नै नल्याएको बिषय प्रदेश पोर्टल डटकममा प्रकाशन भएको थियो । सो प्रकरणमा अख्तियार दुरुपयोग अनुन्धान आयोग इटहरीमा पनि १७ असारमा मुद्धा दर्ता भएको बिषयपनि समाचारका रुपमा प्रदेश पोर्टल डटकमलै नै फलोअप गरेको थियो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले समेत उजुरी उपर छानविन थालेको थियो । इटहरी उपमहानगरले एम्बुलेन्स खरिदकर्ता कम्पनीले सम्झौता अनुसार एम्बुलेन्स नल्याएपनि प्रचलित कानुन अनुसार कार्वाही गर्नुको साटो पटक पटक म्याद थप्दै ठेकेदार कम्पनीलाई सहजता प्रदान गर्दै आएको थियो । इटहरी उपमहानगरले पछिल्लो पटक एम्बुलेन्स ल्याउनका लागि ठेकेदार कम्पनीलाई २९ असारसम्मको म्याद थपिदिएको थियो । 

whatsapp-image-2025-06-25-at-180532-723805db (1)

एम्बुलेन्स खरिदका लागि नेशनल फायर सेफ नामको कम्पनीसँग सम्झौता गरि कबुल गरेको शतप्रतिशत रकमनै पेश्की वापत भुक्तानी गरेको तर समयमा एम्बुलेन्सनै नल्याएको बिषयमा ६ जेष्ठमा महालेखा परिक्षकको कार्यालयले इटहरी उपमहानगरलाई बुझाएको लेखाप्रतिवेदनमा सो कुरा उल्लेख गरेको थियो ।