इटहरीः कोशी प्रदेशसभाकी सदस्य निर्मला लिम्बुको पहलमा ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर ६ को  किरात हाङ्साम थेबा माङहिममा गेट निर्माण सहित घेरावार गरिएको छ । 

प्रदेश सासंद लिम्बुको पहलमा गत आर्थिक बर्षमा सो स्थानमा गेट निर्माण र घेरावाराका लागि कोशी प्रदेश सरकारले १७ लाख बजेट विनियोजन गरेको थियो । 

सोही बजेटबाट जातिय पहिचान र संस्कृति झल्कने आकर्ष गेट निर्माणसँगै किरात हाङछाम थेगा माङहिम वरिपरि घेरावारा गरि सो स्थानलाई सुरक्षित पारिएको छ । 

07f1ca44-da71-412a-ab61-a7436d73aeb2

बुधबार एक कार्यक्रमको आयोजना गरि प्रदेश सांसद लिम्बुको प्रमुख आतिथ्यमा सो गेटको उद्घाटन समेत गरिएको छ । 

किरातधर्म साहित्य उत्थान संघ कर्ण पालुङवाको अध्यक्षतामा भएको गेट उद्घाटन कार्यक्रममा फुङलिङ नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष मदन गुरुङलगायतको सहभागीता रहेको थियो । सोही अवसरमा  शिसेक्पा तङनामको शुभकामना समेत आदन प्रदान गरिएको थियो । 

b8c8096a-a2d5-47f4-804c-2b62fbb07a82