विराटनगरः बिभिन्न मिडिया तथा सामाजिक सञ्जालहरुमा हल्ला गरिएपनि नेकपा एमालेको ११ औं महाधिवेशन प्रतिनिधि छनोटका लागि मोरङ्मा सम्पन्न निर्वाचनमा संस्थापन पक्षनै हाबी भएको नतिजा सार्वजनिक भएको छ ।
संस्थापन पक्ष हाबी भएसँगै गृह जिल्लामै इतर समूहका विनोद ढकाल पक्षधरहरु कमजोर नै रहेको सार्वजनिक मतपरिणामले पुष्टि नै गरिदिएको छ ।
महाधिवेशन प्रतिनिधि छनौट निर्वाचनको सार्वजनिक भएको परिणाम अनुसार संस्थापन पक्ष तर्फ २७ जना र इतर तर्फ १९ जना निर्वाचित भएका हुन् । संस्थापन पक्षका एक युवा नेताले भनेर्—इतर पक्षका विनोद ढकालले मात्र आफ्नो निर्वाचन क्षेत्रमा क्लिनस्वीप गरेका हुन् । तर समग्र मोरङ जिल्लामै इतर समूह हाबी भएको तरिकाले समाचारका हेडलाइन बने । सामाजिक सञ्जालहरुमा पनि सोही अनुसार टिकाटिप्पणी भयो । यसो हुनु राम्रो होइन, जे सत्य हो त्यही पस्कनु राम्रो हो ।’
निर्वाचनको सार्वजनिक नतिजा यस्तो छ ः
खुल्ला तर्फ निर्वाचित (संस्थापन पक्ष)
डिल्लीराम अधिकारी, गंगा प्रसाद खरेल, उमाकान्त गौतम, बुद्धिमान लिम्बु, ऋषिकेश पोखरेल, श्याम राजबंशी, शुशील बुढाथोकी, राजकुमार ओझा, भुपाल श्रेष्ठ, मुकेश बुढाथोकी, नरेन्द्र बस्नेत, दिलिप बगडिया रहेका छन् ।
महिला तर्फ निर्वाचित(संस्थापन पक्ष)
शान्ती कुमारी लिम्बु, मेनु पाण्डे, सरला राई, रंजना अधिकारी, गितादेबि बानिया कार्की, यमुना बिष्ट, सिता तामाङ, बिमला दाहाल घिमिरे, गुणवती देवि थारु र शान्ता श्रेष्ठ रहेकी छन् ।
युवा तर्फ निर्वाचित(संस्थापन पक्ष)
उर्गेन तामाङ, कल्पनाथ ठाकुर (करण) , राम पोखरेल
दलित तर्फ निर्वाचित(संस्थापन पक्ष)
किशोर विश्वकर्मा र रिंकुदेवि परियार
इतर समुह
खुल्ला तर्फ निर्वाचित
लिला बल्लभ अधिकारी , ज्ञानेन्द्र सुबेदी, भोला अधिकारी, इरान राई, महेश भट्टराई, मनोज अग्रवाल, ज्ञानेश्वर राजबंशी, रमेश पोखरेल, पीतकुमार श्रेष्ठ, बिनोद ढकाल, सत्यनारायण चौधरी रहेका छन् ।
महिला तर्फ निर्वाचित
धनमाया तामाङ, उषा झा, सरस्वती भण्डारी, सरस्वती खरेल रहेका छन् ।
युवा तर्फ निर्वाचित
निरज ढकाल,हाजिम अजाद र सन्तोष घिमिरे रहेका छन् ।
दलित तर्फ निर्वाचित खेमराज नेपाली रहेका छन् ।




















