इटहरीः इटहरीमा रहेको एनआईसी एसिया बैंकले आफ्नो सबै सम्पती लिलामका लागि प्रकृया अगाडि बढाएको जनाउँदै इटहरीकै एक जना ऋणीले बैंक भित्रै पेटोल छर्किएर आत्मदाह गर्ने प्रयास गरेका छन् ।

इटहरी ५ नेपाल टेलिकम पछाडी घर भएका लालबहादुर पौडेलले सोमबार एनआईसी एसिया बैंकको इटहरीको धरान रोडमा रहेको शाखा कार्यालयमा आत्मदाहको प्रयास गरेका हुन् । 

मिनिरल वाटरको बोलमा पेट्रोल बोकेर बैंकका शाखा प्रबन्धक(म्यानेजर)को कार्यकक्षमा पुगेका उनले कुराकानीकै क्रममा बैंकका कर्मचारी र इटहरीकै व्यवसायी गंगाराम साह तेलीले मर्नु न बाँच्नुको अवस्था बनाएको बताउँदै ज्याकेटको भित्रपट्टी लुकाएर ल्याएको बोलबाट पेट्रोल आफ्नै शरिरमा छर्किएर आत्मदाहको प्रयास गरेका थिए । 

पेट्रोल छर्किदा छर्किदै म्यानेजरकै कार्यकक्षमा पुगेका दुर्गा प्रसाईको नागरिक बचाउ अभियानका केही नेता र बैंककै कर्मचारीहरुले उनको हातबाट बोतल खोसेर आँगो लगाउनबाट जोगाएका थिए । पौडेलले बैंकले अति गरेपछि आफुले बाध्य भएर म्यानेजरकै कार्यकक्षमा आत्मदाह गर्नकै लागि आफ्नै शरिरमा पेट्रोल छर्किएको बताए । म्यानजरकै कार्यकक्षमा पौडेलले आत्मदाह प्रयास गरेपछि म्यानजर र अन्य कर्मचारीहरुको भागदौड मच्चिएको थियो । 

nic-aisya

पौडेलका अनुसार गंगारामले झापामा रहेको एक रक्सी कम्पनी देखाएर आफ्नो नाममा नै आफ्नै सम्पती एनआईसी एसिया बैंकबाट ऋण निकालेर २ करोडबढी चलाएको बताए । गंगारामसँग बैंकका कर्मचारीहरुले मोटो रकम खाएर केही व्यवसाय नै नभएको आफुलाई बोकेर घरेलु कार्यालयमा लगि खाजा घर दर्ता गराई छाप समेत बैंककै कर्मचारी बनाई ऋण निकाल्ने कार्य गरेको पौडेलले दावी गरे । रातारात ऋणी स्वीकृत गरि ऋण स्वीकृत गरेकै दिन आफ्नो नामको खाताबाट गंगारामलाई ९५ लाख रुपियाँ बैंकबाटै सिँधै ट्रान्सफर गरिदिएको पौडेलले बताए । पौडेलले भर्ने म सोझो मान्छे हुँ । ३२ बर्ष बाहिर बाहिर बसेर जोडेको सबै सम्पती गंगाराम र बैंकका कर्मचारी मिलेर सकिदिए । न मेरो कुनै जागिर छ , न कुनै व्यवसाय , एउटा कागजी खाजा घरका नाममा ऋण निकालेर गंगारामलाई पोस्ने काम भयो । गंगारामले बैंकको व्याज सहित किस्ता हालेन । अनि मेरो सबै सम्पती अहिले बैंकले लिलामका लागि प्रकृया अगाडि बढायो । म माथि ठूलो अन्याय गरियो ।’

उनले आफुलाई डुबाउन बैंकका कर्मचारीको समेत हात रहेकाले उनीहरुमाथि पनि छानविन हुन पर्ने माग राखे । उनका अनुसार गंगाराम यसबेला इटहरीबाट फरार रहेका छन् । 

लालबहादुर पौडेलले आफ्नो पीडा बारे सबै विवरण उल्लेख गरेर केही समय अगाडि नागरिक बचाउ अभियानमा निवेदन दर्ता गराएको नागरिक बचाउ अभियानका कोशी सचिव शरद तामाङले जानकारी दिए । तामाङले भने हामी कार्यालयमा रहेका बेला पौडेलले बैंकमा आउने खबर गरेको र त्यहाँ पुग्नसाथ उनले आत्मदाहको प्रयास गरेकोमा आफुहरुले ठूलो मानविय क्षति हुनबाट तत्काल जोगाउन सफल भयौं । सोझा पौडेललाई बैंकका कर्मचारीसमेत मिलेर अन्याय गरेको पाएको उनले बताए । उनले पौडेललाई न्याय दिलाएरै छाड्ने बताए । 

पौडेल उल्टै प्रहरी नियन्त्रणमा,पिडामाथि थप पिडा

एनआईसी एसिया बैंकको इटहरीको धरान रोड स्थित शाखा कार्यालयमा आत्मदाह प्रयास गर्ने पौडेललाई इटहरी प्रहरीले नियन्त्रणमा लिएको छ । नागरिक बचाउ अभियानले उनलाई आत्मदाह गर्नबाट जोगाएपछि घर पुगेका पौडेललाई इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालको निर्देशनमा घुमुवा प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरी पुर्याएका थिए । 

ऋणी पौडेलले के कति कारणले बैंकका म्यानजरकै कार्यकक्षमा आत्मदाह गर्न खोजेका हुन् छानविन गरि पिडितलाई न्याय दिनुका साथै प्रहरीले नियन्त्रणमा लिएर थप पिडा दिने काम गरेको नागरिक बचाउ अभियानका कोशीका संयोजक सरोज सिंहले जानकारी दिए । 

WhatsApp Image 2026-01-05 at 21.43.07 (1)

डिप्रेशन र मुटुका रोगी समेत रहेका पौडेललाई कुनै निकायको उजुरी बिना मिडियामा आएको भिडियोकै कारण नियन्त्रणमा लिएर इटहरीका डिएसपी हमालले दादागिरी देखाएको सिंहले आरोप लगाए । पौडेललाई इटहरी प्रहरीले नियन्त्रणमा लिएको जानकारी पाउन साथ इटहरी रंगशालामा रहेको इलाका प्रहरी कार्यालय पुगेका नागरिक बचाउ अभियानका प्रतिनिधिहरु, इटहरीका बैंक तथा वित्तिय संस्था पिडितहरुको समूहले पौडेललाई नियन्त्रणमा लिएर थप पिडा दिनुको कारण सोधेका थिए । डिएसपी हमालले पौडेलले बैंक भित्र कानूनले बर्जित गरेको पर्दाथ लिएर गई आफु सहित अरुको ज्यान जोखिममा पारेकाले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जवाफ दिएका थिए । 

नागरिक बचाउ अभियानका कोशीका सचिव शरद तामाङका अनुसार पौडेललाई भोली(मंगलबार) विना शर्त रिहा गर्ने अभियानका केन्द्रिय संयोजक प्रसाई र डिएसपी हमाल बीच सहमति भईसकेको छ । 

सहमति अनुसार भोली(मंगलबार) बिहान १० बजे पौडेललाई रिहा नगरे इटहरी प्रहरी विरुद्ध आन्दोलनको आँधिवेरी सृजना गर्ने सचिव तामाङले बताए ।