विशाल कार्की 

इटहरीः इटहरीको आइतबारे स्थित सब्जीमन्डीमा विद्युतसर्ट भई आगलागी भएको छ । आगलागीका कारण ५ वटा सटरमा रहेका पसलहरु जलेर ध्वस्त भएका छन्  । 

ध्वस्त हुनेमा एउटा चिया नास्ता पसल, एउटा सब्जी पसल र ३ वटा मासु पसल रहेका छन् ।  अन्य ३ वटा पसलमा सामान्य क्षति पुगेको छ । विहान ४ बजेको समयमा आगलागी भएको त्यहाँका् व्यपारीले जानकारी दिएका छन् । आगलागीका कारण के कति क्षति भएको हो खुल्न बाँकी छ । विद्युत सर्ट भई मासु पसलबाटै आगलागी सुरु भएको थियो ।

WhatsApp Image 2026-01-06 at 07.16.36

मासु पसलमा ग्यास सिलिण्डर समेत रहेकाले ठूलो आवाजमा विष्फोट समेत भएको थियो । विष्फोटपछि आगो थप दन्किएको थियो । बिष्फोटपछि स्थानीय व्यपारी र बासिन्दाहरुको भागदौड समेत चलेको थियो । इटहरीमा दमकल नभएको अवस्थामा धरान, झुम्का, दुहवीका दमकलसहित नेपाल आर्मी , प्रहरी, स्थानीय व्यवसायी र बासिन्दाहरुको सहयोगमा आगोलाई केही समय भित्र नै नियन्त्रणमा लिइएको थियो । आगो नियन्त्रणसँगै ठूलो क्षति हुनबाट सो क्षेत्रलाई जोगाइएको व्यपारीहरुले जानकारी दिएका छन् ।