बेलबारीः मोरङको  बेलबारी ११ लक्ष्मीमार्गमा एउटा अनौठो संयोग जुरेको  छ ।

श्रीमतीको मृत्यु भएको २२ दिनमा श्रीमानको समेत मृत्यु भएको छ ।  गत मङसिर २५ गते श्रीमती लिलादेबी थापाको निधन भएको थियो । मंगलबार अचानक श्रीमान बलबहादुर थापाको समेत कालगतिले निधन भएको छ ।

उनीहरु भलिबल खेलाडी मुकेश थापाका आमाबुबा हुन् । यो संयोग लाई अनौठो रुपमा लिईएको छ ।