इटहरीः परिवर्तनको लागि युवा इटहरी जेन्जीले मोरङको सुन्दरहरैंचा नगरपालिकाले दैनिक रुपमा नगरभित्रबाट संकलन गर्ने फोहोर पर्यावरण र मानवलाई गम्भिर असर पार्ने गरि गौशाला नयाँ वृन्दा वन नजिकै बुढीखोलामा डम्पिङ गर्ने कार्य तत्काल रोक्न माग गरेको छ ।

बुधबार दैनिक रुपमा डम्पिङ गरिने स्थान सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष गणेश चौधरीलाई एक ज्ञापन पत्र बुझाउँदै तत्काल फोहोर फ्याक्ने कार्य रोक्न माग गरिएको हो ।

परिवर्तनको लागि युवा इटहरी जेन्जीका अध्यक्ष सुसन मगर र सचिव सागर ढकाल सहितको टोलीले वडाध्यक्ष चौधरीलाई ज्ञापन पत्र बुझाएको परिवर्तनको लागि युवा इटहरी जेन्जीका संरक्षक गोपाल तामाङले जानकारी दिए । वडाध्यक्षलाई बुझाएको ज्ञापन पत्रको कार्यन्वयन नभए सुन्दरहरैंचा नगरपालिकाका मेयरलाई समेत ज्ञापन पत्र बुझाई दवावमुलक आन्दोलन गर्ने उनले जानकारी दिए । 

WhatsApp Image 2026-01-08 at 07.36.15

वडाध्यक्ष चौधरीलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ “सुनसरी जिल्ला र मोरङ जिल्लाको सिमानामा अवस्थित सुन्दरहरैँचा वडा नं  ५ गौँसाला मन्दिर नजिकको बुढी खोला, जुन धार्मिक, पर्यावरणीय तथा सामाजिक दृष्टिले अत्यन्त संवेदनशील क्षेत्र हो ।  यही खोलाको छेउ र मन्दिर नजिकै फोहोर फालिएको घटनाप्रति परिवर्तनको लागि युवा इटहरी जेन्जी गम्भीर आपत्ति तथा चिन्ता व्यक्त गर्दछ ।” 

स्थानीयवासीका अनुसार “खाल्डा पुर्ने” बहानामा खोलाको किनार तथा मन्दिर आसपास फोहोर थुपारिएको छ । तर, यसरी धार्मिक स्थल नजिक र नदी प्रणालीमा फोहोर फाल्नु पर्यावरण संरक्षण ऐन, जनस्वास्थ्य तथा धार्मिक आस्थाको समेत घोर उल्लङ्घन हो । यसले खोलाको प्राकृतिक बहाव, जलचर जीवन, आसपासको वातावरण र नागरिकको स्वास्थ्यमा दीर्घकालीन नकारात्मक असर पार्ने भएकाले फोहोर फ्याक्ने कार्य तत्काल बन्द गर्नु पर्ने परिवर्तनको लागि युवा इटहरी जेन्जीको माग छ । 

WhatsApp Image 2026-01-08 at 07.36.15 (1)

 खाल्डा पुर्ने नाममा फोहोर फाल्नु समाधान होइन, समस्या थप्ने कार्य हो । यस किसिमको गैर(जिम्मेवार कार्य तत्काल रोक्नु आवश्यक रहेको उल्लेख गर्दै  परिवर्तनको लागि युवा इटहरी जेन्जीले वडाध्क्षलाई बुझाएको ज्ञापन पत्रमा यी माग राखेका छन्ः 

१. बुढी खोला तथा मन्दिर आसपास फालिएको सम्पूर्ण फोहोर तुरुन्त हटाई सुरक्षित र वैकल्पिक व्यवस्थापन गर्नु ।

२. खाल्डा पुर्न आवश्यक परे छुट्टै बजेट विनियोजन गरी वातावरणमैत्री तथा प्राविधिक मापदण्ड अनुसार काम गर्नु ।

३.नदी, खोला र धार्मिक स्थल नजिक फोहोर फाल्ने कार्यमा पूर्ण रूपमा प्रतिबन्ध लगाउनु ।

४.भविष्यमा यस्ता गतिविधि नदोहर्याउन स्पष्ट नीति, अनुगमन संयन्त्र र दण्डात्मक व्यवस्था लागू गर्नु ।

५. स्थानीय समुदाय, नागरिक समाज र वातावरणविद्हरूसँग समन्वय गरी दीगो समाधान खोज्नु ।

WhatsApp Image 2026-01-08 at 07.36.14