इटहरीः स्थापित राजनितिकदलहरुले कमजोर ठानेको उज्यालो नेपाल पार्टीले भित्री रुपमा वडा, गाउँ र टोलटोलमा चुनावी माहौल आफ्ना उम्मेदवारप्रति निर्माण कार्यलाई तिब्रता दिईरहेको छ । सुनसरीका चार वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएको सो पार्टीले निर्वाचन क्षेत्र नम्बर २ मा अनुभवी,सामाजिक क्षेत्रमा चिनिएका र क्षमतावान व्यक्तिलाई निर्वाचन कमाण्डर नै बनाएर मतदाताहरुको घरदैलोमा आफ्ना एजेण्डाहरु लिएर जाने कामलाई गति दिएको छ । 

सो पार्टीले सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा २७ बर्षीय युवा गोपाल तामाङलाई टिकट दिएर निर्वाचन मैदानमा उतारेको छ । सानै उमेरदेखि राजनितिमा लागेका तामाङ पछिल्लो समय राजनितिकसँगै, शिक्षा सेवा र सामाजिक सेवामा सक्रिय थिए । 

उनलाई सुनसरी —२ बाट अत्याधिक मतले विजय गराउनका लागि पार्टीले लामो समय शिक्षा पेशामा आवद्ध भई सेवा पुर्याएका झहरमान थेवेलाई चुनावी कमाण्डर बनाएको हो । उनको संयोजकत्वमा ३१०

 जनाको छरितो निर्वाचन परिचालन कमिटि बनाएर उज्यालो नेपाल पार्टीले घरदैलो अभियान थालेको हो । 

WhatsApp Image 2026-01-29 at 17.05.52 (1)

उज्यालो नेपाल पार्टीका कोशी प्रदेशका कोषाध्यक्ष समेत रहेका थेवे लामो समय गाविस सचिव समेत भएका व्यक्ति हुन् । सामाजिक सेवा भनेपछि मरिहत्ते गर्ने विएसम्म अध्ययन गरेका थेवेले युएसनेभिमा १७ बर्षसम्म सेवा गरेका थिए । पार्टीले सुर्यकुमारी राईलाई निर्वाचन परिचालन कमिटीको सह—संयोजक बनाएको छ । 

पार्टीले निर्वाचन परिचालन कमिटीको सचिवमा सुवास तामाङ र कोषाध्यक्षमा हस्त पाख्रिनलाई जिम्मेवारी दिएको छ । 

इटहरीको मादेन मार्गमा निर्वाचन परिचालन कमिटीको मुख्य कार्यालय राखेको उज्यालो नेपाल पार्टीले सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ भित्र पर्ने, इटहरी लगायतका पालिकाका ३० वटै वडामा निर्वाचन परिचालन कमिटि गठन गर्ने योजना अनुरुप हाल धमाधम वडा वडामा निर्वाचन परिचालन कमिटी निर्माणसँगै चुनावी घरदैलो कार्यक्रमलाई तिव्रता दिइएको उज्यालो नेपाल पार्टीका केन्द्रिय सदस्य कमलबाबु मैनालीले जानकारी दिए । 

WhatsApp Image 2026-01-29 at 17.05.52

उनका अनुसार पार्टीका तर्फबाट उम्मेदवार बनेका २७ बर्षीय युवा नेता गोपाल तामाङको एकाएक चर्चा चुलिएपछि अन्य दलका उम्मेदवारहरुलाई टाउको दुःखाईको बिषय भईसकेको छ । संभवत तामाङ नै सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का सबैभन्दा कान्छा उम्मेदवार हुन् । अहिलेसम्म कत्तै दाग र ट्याग नलागेका तामाङ युवाका मात्र नभई आम सुनसरी २ का सबै उमेयर समुहका मतदाताहरुका लागि साँझा उम्मेद्वार समेत बनिसकेको मैनालीको भनाई छ । 

WhatsApp Image 2026-01-29 at 17.05.51