इटहरीः चुनावको मुखमा नेकपा एमालेले इटहरी १७ का वडाध्यक्ष प्रभात आर्चायलाई कारवाही गरेको छ ।
एमालेबाट निर्वाचित आर्चायलाई फरकदलबाट आफ्नो छोरालाई सुनसरी २ बाट उम्मेदवार बनाई पार्टीका उम्मेदवारलाई हानीनोक्सान पुर्याउने काम गरेको , पार्टीको नीति निर्देशन पालना नगरेको जनाउँदै एमालेले उनलाई साधारणसदस्य समेत नरहने गरि कारवाही गरेको हो ।
माओवादी हुँदै एमाले प्रवेश गरेका उनलाई २०७९ को स्थानीय निर्वाचनमा १७ नम्बर वडाको वडाध्यक्ष लड्न टिकट दिइएको थियो । एमालेकै नेता कोशी प्रदेशसभा सदस्य रेवतीरमण भण्डारी निकट आर्चाय यस्ता वडाध्यक्ष हुन् हालसम्मको कार्यकालमा धेरै जसो वडा सदस्यलाई कार्यवहाक वडाअध्यक्ष दिई आफु भने वडा कार्यालय वरिपरि नै रहदै आउने व्यक्ति हुन् । यतिसम्म कि कार्यवहाक अरुलाई दिएै मितिमा आर्चायले पनि बिभिन्न व्यक्तिहरुलाई सिफारिस समेत दिदै आएका वडाध्यक्ष हुन् । कानुन मै नभएको वडाशिक्षा समिति निर्माण गरि पकली माध्यामिक विद्यालयको व्यवस्थापन समितिलाई काम गर्नमा पटक पटक बाधा पुर्याउने काम गर्दै आएका थिए ।
उनी एमालेबाट निर्वाचित भएपनि गतिविधि भने विपक्षी पार्टीहरुका जनप्रतिनिधिहरुलाई फाइदा हुने खालका कार्य गरेकोमा पार्टी असन्तुष्ट रहेको थियो । यसअघि पनि उनलाई पार्टी स्पष्टिकरण सोधेको थियो । तर, उनी नसच्चिई पार्टीको नीति, सिद्धान्त र निर्देशन विपरित अगाडि बढिरहेका थिए । उनले पछिल्लो समयमा इटहरीका संचारकर्मीहरुलाई अनावश्यक लान्छना लगाउने कार्य गरेका थिए । तर, उनले पार्टीले कारवाही गर्नुअघि करिब ३० सेकेण्डको भिडियो बनाएर संचारकर्मीहरु प्रति आफुले गरेको व्यवहारप्रति माफी माग्दै अबका दिन यस खालको कार्य नगर्ने भन्दै आफ्नो फेसबुक पेंजमा अपलोड गरेका थिए ।




















