इटहरीः श्रम संस्कृति पार्टी अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभाको उपसभामुख आफ्नो दलले पाउनु पर्ने दाबी गरेका छन् । अध्यक्ष साम्पाङले आफ्नो पार्टीले उपसभामुखमा महिला उम्मेदवार खडा गर्ने बताएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्– 'सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाई दिइसक्यौँ अब उपसभामुख चयनको निर्वाचन हुँदैछ । हामी महिला उम्मेदवार खडा गर्दैछौँ । '

साम्पाङले नयाँ दल भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो दलका उम्मेदवारलाई मत दिने विश्वास पनि व्यक्त गरेका छन् । उनले लेखेका छन्– 'हेरौँ नयाँले नयाँलाई भोट हाल्छ कि उही पुरानालाई ! ७ भोट आउँछ कि १८९?'




















