काठमाडौंः  महिला आधारशिला केन्द्रिय कार्यालय काठमाडौंको आयोजनामा मनोसामाजिक परामर्श सम्बन्धी पुनर्ताजगी (रिफ्रेसर) तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिममा काठमाडौं, झापा, सुनसरी, नेपालगञ्ज लगायत विभिन्न जिल्लाबाट सहभागीहरूको उपस्थिति रहेको थियो।

तालिममा सामाजिक कार्यकर्ता, शिक्षक, कानुन व्यवसायी, जिल्ला संयोजक तथा अधिकार क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तिहरूसहित २५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। सहभागीहरूलाई मनोसामाजिक परामर्श, व्यवहारिक सीप अभिवृद्धि तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

तालिममा महिला आधारशिलाकी कार्यकारी निर्देशक तथा क्लिनिकल काउन्सिलर तारा उप्रेतीले सहजीकरण गरेकी थिइन्। उनले मनोसामाजिक स्वास्थ्यको महत्व, परामर्शका व्यवहारिक पक्ष तथा संवेदनशील समूहसँग काम गर्दा अपनाउनुपर्ने विधिबारे प्रशिक्षण दिएकी थिइन्।

WhatsApp Image 2026-06-13 at 06.07.48

कार्यक्रमको व्यवस्थापन देवेन्द्र पराजुलीले गरेका थिए। साथै, महिला आधारशिलाअन्तर्गत सामाजिक सीप विकास उद्योगकी जेनेरल म्यानेजिङ डाइरेक्टर कमला उप्रेतीको समेत कार्यक्रममा उपस्थिति रहेको थियो।

आयोजकका अनुसार यस्ता तालिमले मनोसामाजिक सेवा क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि गर्दै समुदायस्तरमा गुणस्तरीय सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ। सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई आ–आफ्नो कार्यक्षेत्रमा व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

WhatsApp Image 2026-06-13 at 13.28.33 2


WhatsApp Image 2026-06-13 at 06.07.51