इटहरीः प्राय जसो बर्षेनी कम्पनीको नाम परिर्वतन गर्दै हजारौं नेपाली युवाहरुलाई भारतको पटना लगायत क्षेत्रमा राम्रो जागिरको प्रलोभन देखाई करौंडो ठगि गर्ने गिरोह मध्येका इटहरी निवासी ईश्वर ढकाल सोल्टी होटलबाट पक्राउ परेपछि उनी विरुद्ध प्रहरीमा उजुरी दिनेहरुको भिड बढेको छ । 

शनिवार इटहरीको सोल्टी होटलमा एक भारतीय मारवाडी व्यवसायीसँगै इटहरीको सोल्टी होटलमा बसेका ढकाललाई विशेष सुराकीको आधारमा ठगिएकाहरुको सहयोगमा लामो रस्साकस्सी पछि प्रहरीले ढकाल र भारतीय सहित पक्राउ गरेको थियो । मोरङ पथरीशनिश्चरेका पवन राईले पक्राउ परे लगत्तै इलाका प्रहरी कार्यालय इटहरीमा ढकाल विरुद्ध उजुरी दर्ता गरेका थिए । 

आइतबार उनीबाट आफुहरु भारतमा रोजगार दिने नाममा ठगिएको भन्दै ७ जनाले उजुरी दर्ता गराएका छन् । चार जना पिडितहरुले ढकाल विरुद्ध मानववेचविखन ओसार पोसार कसुरका कानुनी कार्वाहीको माग राखी जाहेरी दरखास्त नै दिएका छन् । 

ढकाल सहितको संगठित ठगि धन्दामा लागेकाहरुले मोर्डन फेसन लगायतका बिभिन्न कम्पनीका नाममा भारतको पटना आसपासका क्षेत्रमा लगेर एक दर्जनबढी होस्टलहरुमा राखेर प्रतिव्यक्ति २ लाख ५० हजारदेखि साढे ५ लाखसम्म लिएर ठगि गरेको पिडितहरुले बताएका छन् । 

WhatsApp Image 2026-06-15 at 07.21.38 (1)

ढकालबाट पिडित भएकाहरु मध्येका मोरङको सुन्दरहरैंचा नगरपालिका दुलारीका राजेश रिजालका अनुसार जोगवनी नाका हुदै पटनाका बिभिन्न स्थानमा लगेर सात दिनसम्म मोबाई समेत जफत गरि बन्द कोठामा एक छाक मात्र खाना दिएर तालिम दिएर युवाहरुलाई एकहोरो बनाएर ढकाल सहितको समुहले पैसा असुल्ने गरेको थियो । पटना लगायत उनीहरुले बनाएको होस्टलमा पुग्न साथ २५ हजार भारतीय रुपियाँ असुल्ने गरेको रिजालले बताए । मासिक भारतीय कम्तीमा ४० हजार हुने गरि लेखापाल, मार्केटिङ म्यानेजर लगायतका जागिर लगाउने आश्वासन दिलाएर पैसा असुल्ने गरेको रिजालले बताए । त्यसका लागि पछि फिर्ता हुने भन्दै जागिरको पोष्ट अनुसार २ लाख ५० हजार देखि साढे ५ लाखसम्म असुल्ने गरेको उनले जनाए । त्यसका लागि ढकाल सहितको समुहले त्यहाँ पुर्याइएका युवाहरुलाई पैसा नपठाए आत्माहत्यासम् मगर्न सक्ने भन्दै अभिभावकहरुलाई इमोशनल ब्लाकमेलिङ गर्न लगाएर असुली धन्दा चलाउने गरेका थिए । 

WhatsApp Image 2026-06-15 at 07.21.39 (1)

नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म वेरोजगार युवाहरुलाई २५ भन्दाबढीसंख्यामा रहेका ढकाल सहितको नेपालीहरुकै गिरोहले राम्रो रोजगार दिलाउने नाममा ठगि गर्दै आएको पिडितहरुले बताएका छन् । केही साता अघि मात्रै ढकाल सहितको गिरोहले बन्द बनाइएका ४ सय ६० बढीलाई भारतीय प्रहरीको सहयोगमा भारतको कुशिनगरबाट लुम्बीनि प्रदेश प्रहरी कार्यालयले उद्धार गरेको थियो ।

३ घण्टाको रस्साकस्सीपछि पक्राउ गरेका थिए ढकाल

इटहरीको सोल्टी होटल पछाडि घर भएका ढकाल बेला बेला मात्र इटहरी आउने गरेका थिए । इटहरी आउँदा उनी प्राय घर भन्दापनि भिआईपी रुम लिएर सोल्टी होटल नै बस्ने गरेको पाइएको छ । उनी शनिवारपनि एक भारतीय मारवाडीसँग सोल्टी होटल आएका थिए । उनी सोल्टी होटलमा आएको जानकारी बिषेश सुराकीको आधारमा पिडितहरुले जानकारी पाएका थिए । जेनजी युवाहरु र केही संचारमर्की सहितको टोली साँझ ७ बजे नै सोल्टी होटल पुगेका थिए । लुम्बीनि प्रहरीले उद्धार गरेको बिषय र यो हो टेलिभिजनले ढकाल सहितको गिरोहका बारेमा बनाएको बिषेश रिर्पोट पठाएर हजारौं युवाहरुलाई ठग्ने ईश्वर ढकाल सोल्टीमा रहेकाले तत्काल प्रहरी पठाउन इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख सुवास हमाललाई आग्रह गरिएको थियो । तर उनले निवेदन विना प्रहरी पठाउन नै नमिल्ने जवाफ दिएका थिए । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारीलाई समेत ईश्वर ढकालका बारेमा ब्रिफिङ गरि पक्राउ गर्न आग्रह गरिएको थियो । तर खासै वास्ता नगरेपछि सुनसरी क्षेत्र नम्बर ३ का सांसद अशोक चौधरीलाई फिल्डमा खटिएका जेनजी युवाहरुले प्रहरी प्रशासनबाट सहयोग नभएको गुनासो सहित ढकालको ठगि धन्दाका बारेमा स—विस्तार लगाएका थिए । 

WhatsApp Image 2026-06-15 at 07.21.47

सांसद चौधरीलाई ढकाल बारे स विस्तार लगाएको केही समयपछि इलाका प्रहरी कार्यालय इटहरीले एक जना सादा पोशाकका प्रहरीलाई सोल्टी होटल पठाएका थिए । सादा पोशाकका प्रहरी पठाएता पनि कि उजुरी कि त पिडित नआएसम्म पक्राउ गर्न नै नमिल्ने भन्दै इटहरीका डिएसपी हमालले अडान कसेका थिए । सोल्टीमा बसेका ढकालले नै आफु लगायत हजारौं युवाहरुलाई ठगि गरेको पहिचान गर्ने मोरङ शनिश्चरेका युवा पवन राई सहितको टोलीलाई तत्काल इटहरी सोल्टी होटलमा जेनजी युवाहरुले आउन भनेका थिए । राई सहित चार जनाको संख्यामा पिडितहरु सोल्टी होटल आइपछि मात्र इलाका प्रहरी कार्यालय इटहरीबाट थप बल सोल्टी होटल आएको थियो । थप बल पुगेपछि रातको करिब १० बजे ढकाल सहित भारतीय नागरिकलाई पक्राउ गरिएको थियो । 

WhatsApp Image 2026-06-15 at 07.22.25

WhatsApp Image 2026-06-15 at 07.21.39 1

ढकाललाई उन्मुक्ति दिन चलखेल शुरु

सोल्टी होटलबाट ढकाल पक्राउ पर्नुअघिबाटै उनलाई जोगाउन चलखेल शुरु भएको थियो । प्रहरी उच्च तहका अधिकारीहरु र न्यायशिधसम्म आफ्नो पहुँच रहेको भन्दै लामो समयदेखि इटहरीमा कमाउ धन्दामा लागेका व्यक्तिहरु ढकाल बचाउ अभियानमा लागेको पाइएको छ । ढकाललाई पक्राउ गर्न इटहरी प्रहरीको थप बल सोल्टी पुग्नुअघि ती व्यक्तिहरु पुगेर ढकालसँग कुरा गरि प्रहरीका केही अधिकारीहरुसँग समेत कुरा गरेको पाइएको छ । आइतबार दिनभर सोही बिचौलियाको गिरोह ढकाललाई बचाउ अभियानमा रकमको मोलमोलाई गर्दै सक्रिय भएको थियो । पिडितहरुलाई ठगिएको रकम दिलाउने र मुद्धा फिर्ता गराउने भन्दै अनेकन दवाव समेत सो बिचौलिया समुहले दिएको थियो । बिचौलिया केही व्यक्तिले ढकाल अकुत सम्पती भएको व्यक्ति हो पैसा खर्च गरेर जतिबेला पनि जे पनि गर्न सक्छ, तिमिहरु सुरक्षित नहुन सक्छौसम्म धम्कीहरु समेत दिइएको थियो । धम्कीपछि जाहेरी दरखास्त दिने केही पिडित युवाहरुले खाएको पैसा फिर्ता दिन्छ भने जाहेरी फिर्ता लिनेसम्म अवस्थामा पुगेका थिए । उनीहरुलाई साथ दिने जेनजी युवाहरुले न्यायका लागि हामी साथ दिन तयार छौ । भारतका फसेका र ढकाल समुहले बन्दक बनाएका युवाहरुलाई उद्धार गर्ने काम गर्ने बताएपछि त्रासमा परेका जाहेरी दरखास्त दिने युवाहरु शान्त भएका थिए । बिचौलियाको गिरोह मध्येका एकले ढकालकी श्रीमतिलाई पटक पटक भेटेर लाखौंको डिल गरेको स्रोतको दावी छ । 

पिडित युवाहरुलाई सांसाद चौधरीको साथ

पिडित युवाहरुले भारतको पटना लगायत क्षेत्रमा आफुहरुलाई लामो समयसम्म बन्दक बनाएर रकम असुलेको जनाउँदै ढकाल विरुद्ध कडा कानुनी कारवाहीको माग राखि मानवबेचविखन शिर्षकमा मुद्धा चलाउनका लागि जाहेरी दरखास्त दिने तयारी गरेपनि प्रहरीले अस्वीकार गरेपछि युवाहरुलाई भेट्न सुनसरी ३ का सांसद अशोक चौधरी इलाका प्रहरी कार्यालय इटहरी नै पुगेका थिए । सांसद चौधरीले युवाहरु माझबाटै विराटनगर तालिममा रहेका इटहरीका प्रहरी प्रमुख सुवास हमाललाई फोन गरेर जाहेरी दरखास्तका बिषय कुरा राखेका थिए । त्यसपछि प्रहरी जाहेरी लिन थप लचिलो भएको थियो । चौधरीले पिडित युवाहरुसँग कुराकानी गरि विवरण समेत लिएका थिए । चौधरीले समेत ढकालको गिरोह ठूलो रहेको र हाल भारतका बिभिन्न क्षेत्रमा बन्दक बनाएर राखिएका युवाहरुको उद्धारका लागि सरकारका सम्बन्धित मन्त्रीहरुसँग कुरा राख्ने बताएका थिए । उनले ठगिएका युवाहरुलाई न्याय दिलाउन आफु सधै साथ दिन तयार रहेको प्रतिबद्धता जनाएका थिए । उनले जेनजी युवाहरु, संचारकर्मी  र पिडितहरुको पहलमा ढकाल पक्राउ परेकोमा प्रशंसा समेत व्यक्त गरे । सांसद चौधरीले ढकाल पक्रा उगर्नमा आफुले सकेको सहयोग र सम्बन्य गरेको जनाए । उनले यो बिषय अनुकलता मिलेमा संसदको आगामी बैंठकमा समेत उठाउने बताए ।