ताप्लेजुङः अत्याधुनिक प्रविधिसहितको ताप्लेजुङ–काठमाडौँका लागि लक्जरी बस सेवा सञ्चालनमा ल्याइएको छ । ताप्लेजुङको सदरमुकाम फुङलिङबाट बिहीबारदेखि औपचारिक रुपमा वस सेवा आरम्भ गरिएको हो ।
जय पाथीभरा माता एसी बस सेवा प्रालिमार्फत ताप्लेजुङबाट फिदिम हुँदै तमोर करिडोर–सिन्धुलीममार्फत काठमाडौँसम्मका लागि ६ ओटा अत्याधुनिक बस सेवा सञ्चालनमा आएको हो । पछिल्लो समयमा यात्रुहरूको माग अनुसार प्रविधि सहितको सुविधा सम्पन्न बस सेवा सञ्चालनमा ल्याइएको ताप्लेजुङका बुकिङ इन्चार्ज मिथुन पालुङ्वा लिम्बूले जानकारी दिए।
सुरक्षालाई मध्यनजर गर्दै बसभित्र सीसीटीभीमार्फत यात्रु तथा यात्रुका सामाग्रीको निगरानी, निःशुल्क वाइफाई, मोबाइल चार्जिङ, एसी तथा फोल्डिङ लक्जरी सिटको व्यवस्थासहितका बस सेवा सञ्चालनमा ल्याइएको सञ्चालक जंग सुनुवारले जानकारी दिए।




















