पथरी: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन तहको सरकारलाई चुनौती दिने तत्व आफैँ समाप्त भएर जाने बताएका छन् ।
मोरङको पथरीशनिश्चरे नगरपालिकामा आयोजित एक कार्यक्रममा राईले यस्तो बताएका हुन् ।

फ्रेण्डसिप चेस क्लब मोरङको आयोजनामा आजदेखि शुरु भएको शहीद रत्नकुमार बान्तवा प्रथम राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगिताको राईले उद्घाटन गरे । मुख्यमन्त्री राईले तीन वटै तहका सरकारको लक्ष्य समृद्धि र विकास भएको बताए ।

मुख्यमन्त्री राईले देशमा पहिलोपटक सङ्घीयता कार्यान्वयनको चरणमा रहेकाले काममा अल्मलिए जस्तो देखिएको पनि बताए ।
बुद्धिचाल खेल रणनीतिक महत्वको खेल रहेको चर्चा गर्दै मुख्यमन्त्री राईले बुद्धिचाल खेलले बौद्धिक अभ्यासमा मात्र होइन, मानिसलाई मागदर्शन र स्वभाविक गतिमा हिँड्न प्ररेणा दिने उल्लेख गर्नुभयो ।

५ दिनसम्म चल्ने प्रतियोगितामा देशभरिका १ सय ५० भन्दी बढी खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, दोस्रो हुनेलाई रु ४० हजार, तेस्रो हुनेलाई रु ३० हजार प्रदान गरिने भएको छ । 

त्यस्तै, चौथो हुनेलाई रु २० हजार, पाँचांै हुनेलाई रु १५ हजार तथा उत्कृष्ट १५ लाई नगद, ट्रफी, प्रमाणपत्रले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

buddhichal udghatan