इटहरीः सुनसरीको रामधुनी नगरपालिका –०५ स्थित चाम्लिङ होटल एण्ड लजबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरिएको छ ।
शुक्रबार बिहान करिब ११ बजे होटलमा लागूऔषध ब्राउन सुगर बिक्री–वितरण भइरहेको गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हरिनगर गाउँपालिका –०७ का ५२ वर्षीय मोजामिल अन्सारी र चाम्लिङ होटल एण्ड लज सञ्चालक रामधुनी नगरपालिका –०५ की ४९ वर्षीया मनिता राई रहेका छन् ।
खानतलासीका क्रममा मनिता राईले लुकाएर राखेको लागूऔषध ब्राउन सुगर १६ ग्राम २२० मिलिग्राम बरामद गरिएको छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको छ ।




















