इटहरीः पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका– ७ स्थित कृष्णभिरमा पहिरोका कारण अवरुद्ध सडकमा नयाँ ट्रयाक जोडिएको छ । दुवैतर्फबाट एक्स्काभेटर प्रयोग गरी शुक्रबारदेखि खनिएको नयाँ ट्रयाक शनिबार जोडिएको हो ।
ट्रयाक जोडिएसँगै अब सडकलाई आवश्यक उचाइ र स्तरमा ल्याउन सम्याउने काम भइरहेको छ । सडक सम्याउने, आवश्यक मर्मत कार्य तथा ग्राभेल पूरा भएपछि राजमार्गमा यातायात सञ्चालन खुला गरिने नागढुंगा–मुग्लिन सडक आयोजनाले जनाएको छ ।
सडक सञ्चालनमा आएपछि एम्बुलेन्स, दमकल, शववाहन, खाद्यान्न तथा इन्धनलगायत अत्यावश्यक सवारीसाधनका लागि पहिलो प्राथमिकता राखिने उनले जानकारी दिइन् । ‘सडक चौडा गर्ने र ग्राभेलको काम भएपछि ठुला तथा मालवाहक सवारीलाई खुला गरिनेछ,’ उनले भनिन्, ‘देशकै लाइफलाइन मानिने मुख्य राजमार्ग भएकाले पनि सकेसम्म चाँडै खुलाउन लागिपरेका छौँ । दीर्घकालीन समाधानका लागि भने यसैलाई निरन्तरता दिन सकिन्छ वा विकल्प खोज्नुपर्छ, छलफल भइरहेको छ ।’
त्रिशूली नदीमा आएको बाढीका कारण सडकको तल्लो भागबाट पहिरो खसेपछि पृथ्वी राजमार्ग ९मुग्लिन–काठमाडौं सडक० पूर्ण रूपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा पृथ्वी राजमार्ग हुँदै काठमाडौं, चितवन, पोखरातर्फको आवतजावत प्रभावित भएको छ । यात्रुले वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन् ।
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतम भन्छिन्–
शुक्रबारदेखि खनिएको नयाँ ट्रयाक शनिबार जोडिएको छ । अब त्यसलाई चौडा बनाउने तथा सम्याउने काम गरिन्छ । त्यसपछि ग्राभेल गरेर सडक सुचारु गर्ने हो । हामीले भएजति उपकरण र प्राविधिक सबैको अधिकतम प्रयोगबाट राजमार्ग सञ्चालन गर्न प्रयास गरिरहेका छौँ । आगामी दिनमा थप अवरोध आएन भने एक साताभित्रमा सहज रूपमा अवरुद्ध राजमार्ग खुला हुनेछ । एक साताभन्दा अगाडि नै पनि हुन सक्छ । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।




















