इटहरीः सुनसरी फेरी अर्को मन्त्री पाएको छ । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ का सांसद इन्जिनियर दीपक कुमार शाह उद्योग मन्त्री नियुक्त हुँदैछन् । 

प्रधानमन्त्री बालेन शाहले केही समयपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपककुमार साह (सुनसरी) नियुक्त गर्ने भएका छन् । 


निवर्तमान उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि उनको राजीनामा स्वीकृत गर्दै प्रधानमन्त्री शाहले दीपककुमार साहलाई मन्त्रीमा नियुक्त गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेको स्रोतले जनाएको छ । 


प्रधानमन्त्री शाहले दीपककुमार साहलाई मन्त्रीमा नियुक्त गरिएको पत्र राष्ट्रपति कार्यालयमा पठाउने र आजै साँझ ६ बजे सपथ ग्रहण गराइने तयारी भएको स्रोतले जनाएको छ ।  यसअघि सुनसरीकै निशा मेहता स्वास्थ्य मन्त्री नियुक्ती भएकी थिइन् ।