इटहरीः नवनियुक्त उद्योगमन्त्री दीपक साहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज(बिहिबार) साँझ पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहको समुपस्थितिमा राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा नवनियुक्तमन्त्री साहले शपथ लिएका हुन् ।साह राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सुनसरी क्षेत्र नं–४ बाट निर्वाचित सांसद् हुन् ।




















