धनकुटाः धनकुटाको छथरजोरपाटी गाउँपालिका ३ बन्चरेस्थित काजीमाने धनकुटा भित्री सडकखण्डमा आइतबार बिहान करिब ०८.१५ बजे यात्रुवाहक सुमो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
सुमो खस्दा छथरजोरपाटी गाउँपालिका ३ बस्ने अन्दाजी ६० वर्षीया शोकमाया लिम्बुको घटनास्थलमै मृत्यु भएको धनकुटा प्रहरीले जनाकारी दिएको छ ।
काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको को १ ज २४९४ नम्बरको सुमो (जिप) ब्रेक फेल भई सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनाबारे जिल्ला प्रहरी कार्यालय धनकुटामा जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक रामप्रसाद खनालको कमाण्डमा प्रहरी टोली खटिई घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटातर्फ पठाइएको छ ।
घाइतेहरूको विवरणः
१.धनकुटा नपा ९ गुठीटार बस्ने अन्दाजी ३१ वर्षीय चालक खगेन्द्र खत्री-अवस्था मध्यम ।
२. छथरजोरपाटी गापा ४ बस्ने अन्दाजी ४० वर्षीया धनमाया राई-अवस्था मध्यम ।
३.निजकै छोरा अन्दाजी ७ वर्षीय न्युहाङ सुब्बा-अवस्था मध्यम ।
४ छथरजोरपाटी गापा ४ बस्ने अन्दाजी ३३ वर्षीया पुनम लिम्बु-अवस्था सामान्य ।
५ निजकै छोरी अन्दाजी २ वर्षीया आरध्या लिम्बु -अवस्था मध्यम ।
६ छथरजोरपाटी गा पा ४ बस्ने अन्दाजी २६ वर्षीय आइन्द्र लिम्बु-अवस्था मध्यम ।
७ छथरजोरपाटी गापा ३ बस्ने अन्दाजी २७ वर्षीय भवानी लिम्बु-अवस्था मध्यम ।
८ छथरजोरपाटी गापा ३ बस्ने अन्दाजी ४७ वर्षीय हेमबहादुर लिम्बु-अवस्था मध्यम ।
९ छथरजोरपाटी गापा ४ बस्ने अन्दाजी ३० वर्षीय अबिन लिम्बु-अवस्था मध्यम ।
१० छथरजोरपाटी गापा ३ बस्ने अन्दाजी २१ वर्षीय आशिष लिम्बु-अवस्था गम्भीर ।
दुर्घटनाका कारण सडक अवरोध नभएको र दुर्घटनाग्रस्त सुमो निकाल्ने पहल भइरहेको तथा घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।




















