तस्बिरः विकास चाम्लिङ राई
धरानः माध्यमिक विद्यालयहरूको सङ्गठन हिसानको आयोजनामा भएको सार्तौं हिसान स्पोर्टस मिट २०७५ अन्र्तगत सोमबारदेखि बास्केटबल प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिताको पहिलो दिन डिपो मावि, सियोन, एम्स र धरान आदर्श विजयी भएका छन् । खेलमा डिपो स्कुलले धरान उच्चलाई ४७ – २९, सियोनले युरेका स्कुललाई ३५–३, एम्स एकेडेमीले विष्णुलाई ३५– ७ र धरान आदर्शले विश्व आदर्श इटहरीलाई २४ – १८ अङ्कको अन्तरले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेका छन् ।
सेमीफाइनल प्रवेश गरेको छ । खेलको प्रत्येक क्वाटरमा डिपो र धरान उच्चले १८ –६, १३ –४, ८–८ र १८–११ , सियोन र युरेका स्कुलले १८ –०, १७ –१, १० –०, र १०–२, एम्स र विष्णुले ९–०, ११ –३, ११ –० र ४–४ र धरान आदर्श र विश्व आदर्श इटहरीले ८–७, ४–२, ८–६ र ४–३ अङ्क जोडेका थिए ।
डिपो आदर्श बहुुुमुखी क्याम्पसको बास्केटबल कोर्टमा प्रतियोगिता भइरहेको छ । धरान बास्केटबल सङ्घ धरानको प्राविधिक सहयोगमा सञ्चालित च्याम्पियनसिपमा सुनसरीका ८ वटा विद्यालय सहभागी छन् ।