इटहरीः जिल्ला मोरङ, लेटाङ नगरपालिका –०९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।


गए १०.३५ बजे जाँते बजारबाट पथरीतर्फ जाँदै गरेको मे ४ प ७४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक झापा घेराबारी बस्ने २७ वर्षीय कुमार नेपाली, मोटरसाइकल पछाडि सवार सोही ठाउँका २५ वर्षीय सन्देश नेपाली र  जिल्ला मोरङ, पथरीशनिश्चरे गाँउपालिका ०८ बस्ने ३२ वर्षीय अमर नेपाली घाइते भएका थिए ।


घाइतेलाई उपचारका लागि क्रमशः मदन भण्डारी अस्पताल, ट्रमा सेन्टर, मंगलबारे र न्युरो अस्पताल, विराटनगर पठाइएको थियो ।

उपचारका क्रममा असोज १६ गते राति १२.०० बजे कुमार नेपाली र  असोज १७ गते १२स्०४ बजे सन्देश नेपालीको चिकित्सकले मृत्यु भएको घोषणा गरेको छन् । 


मोटरसाइकलमा सवार मोरङ पथरीशनिश्चरे गाउँपालिका –०८ का ३२ वर्षीय अमर नेपालीको न्युरो अस्पताल, विराटनगरमा उपचार भइरहेको छ । उक्त दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।