धरानः धरान–६ पानबारीमा शुरु भएको चौथो पानबारी भलिबल कपको उद्घाटन खेलमा आयोजक सयपत्री ब्वाइज युनियन क्लब विजयी भएको छ ।
सोमबार भएको उद्घाटन खेलमा सबुज गण इटहरीलाई सोझो सेटमा पराजित गर्दै आयोजक सेमीफाइनलमा प्रवेश गरेको छ । आयोजकले २५–१७, २५–२२ र २५–१८ को सोझो सेटमा विजय यात्रा तय गरेको हो । खेलको म्यान अफ द म्याच आयोजक टिमका स्पाइकर सञ्जय बुढाथोकी घोषित भए ।
मङ्गलबार गत वर्षको विजेता एक नं. प्रदेश प्रहरी रानी र केराबारी गाउँपालिका बीच पहिलो खेल हुने भएको छ । त्यस्तै, दोस्रो खेल पूर्व विजेता डुम्राहा खेल विकास समिति र झापा गाउँपालिका बीच हुने आयोजकले जनाएको छ । मङ्गलबार नै फुङनाम स्पोर्टिङ क्लब इलाम र एपीएफ क्लब पकलीबीच खेल हुने आयोजकले जनाएको छ ।