झापाः चाडपर्व नजिकिँदै गर्दा जुवातास तथा लङ्गुरबुर्जा खेल्ने र खेलाउने गतिविधि नियन्त्रण गर्न झापा प्रहरीले सक्रियता बढाएको छ। जिल्ला प्रहरी कार्यालय झापाले जिल्लाका विभिन्न स्थानमा छापा मारेर जुवातास तथा लङ्गुरबुर्जा खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको जनाएको छ।

juwa 2

जिल्ला प्रहरी कार्यालय झापाको सूचना तथा सञ्चार शाखाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रहरीले दुई छुट्टाछुट्टै स्थानमा कारबाही गर्दै नेपाली रुपैयाँ १ लाख २३ हजार ५ सय ७० र भारतीय रुपैयाँ २ सयसहित जुवामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।

मेचीनगर–१० बाट तास खेलिरहेका सात जना पक्राउ

प्रहरीका अनुसार मेचीनगर नगरपालिका–१०, धुलाबारीस्थित एक घरमा जुवातास खेलिरहेको गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी टोली परिचालन गरिएको थियो।