तस्बिरः विकास चाम्लिङ राई

धरानः हिसान स्पोर्टस मिट अन्तर्गतको बास्केटबल खेलको सेमीफाइनल चरण मङ्गलबार पूरा भएको छ ।

सेमीफाइनलमा विजयी हुँदै सियोन स्कुल र एम्स एकेडेमी फाइनलमा पुगेका छन् । मङ्गलबार भएको पहिलो सेमीफाइनल खेलमा सियोनले डिपो माविलाई र दोस्रो सेमीफाइनल खेलमा एम्स एकेडेमीले धरान आदर्श स्कुललाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।

खेलमा सियोन स्कुलले डिपो स्कुललाई ३३–२१ र एम्सले धरान आदर्शलाई ३१–२७ अङ्कको अन्तरले पराजित गरेका थिए । खेलको प्रत्येक क्वाटरमा सियोन र डिपो स्ुकलले ७–२, ८–५, १० –४ र ८–१० तथा एम्स र धरान आदर्शले ९–१०, १३ –४, ४ं–५ र ५–८ अङ्क जोडेका थिए । पहिलो खेलमा सियोन स्कुलका सन्तोष तामाङले १३ अङ्क र दोस्रो खेलका म्यान अफ द म्याच उपाधि विजेता धरान आदर्शका सन्तोष श्रेष्ठले १४ व्यक्तिगत अङ्क जोडेका थिए ।

पहिलो खेलको म्यान अफ द म्याच सियोन स्कुलका शिशिर राई घोषित भए । म्यान अफ द म्याच भएका खेलाडीलाई डिपो क्याम्पसका प्रमुख राजकुमार राई र सगरमाथा एसडी कलेजका सह प्राध्यापक विशाल राईले मेडल प्रदान गरेका थिए ।

फाइनल खेल बुधबार बिहान ८ बजे हुनेछ । विजेताले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सुनसरीका ८ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा धरान बास्केटबल सङ्घको प्राविधिक सहयोग रहेको छ ।