धरानः पानबारी भलिबल कपमा एपीएफ र पुलिस विजयी भएका छन्

एक नं. प्रदेश प्रहरी रानीले केराबारी गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ । प्रहरीले केराबारी गाउँपालिकालाई २५–१३, २५–१६ र २५–२२ को सोझो सेटले पराजित गरेको हो ।

खेलको म्यान अफ द म्याच केराबारीका सूर्य भण्डारी घोषित भएका थिए । भण्डारीलाई नगद पुरस्कार ३ हजार प्रदान गरिएको थियो ।

त्यस्तै, दोस्रो खेलमा एपीएफ पकलीले फुङनाम स्पोर्टिङ क्लब इलामलाई ३–१ को सेटमा पराजित गरेको छ । पहिलो र दोस्रो सेट एपीएफले २५–२२ र २५–२३ ले जितेको एपीएफ तेस्रो सेटमा १८–२५ ले हारेको थियो । चौथो सेटमा २५–२३ को सेटमा इलामलाई पराजित गर्दै एपीएफ क्वाटर फाइनल प्रवेश गरेको हो ।

खेलको म्यान अफ द म्याच इलामका कपिल बस्नेत घोषित भएका थिए । उनलाई पनि नगद रु ३ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । एपीएफले बुधबार फाइनल प्रवेशका लागि भोजपुरको आमचोक गाउँपालिकासँग प्रतिष्पर्धा गर्नेछ ।