इलामः आठौँ राष्ट्रिय खेलकुदका लागि इलामबाट तेक्वान्दो खेलका २४ जना खेलाडी छनोट गरिएको छ । इलामको रोङ गाउँपालिकास्थित कुटीडाँडामा जिल्ला खेलकुद विकास समिति र जिल्ला तेक्वान्दो सङ्घको संयुक्त आयोजनामा खेलाडी छनोट गरिएको हो ।

छनोट भएका खेलाडीमा ज्ञान गड्तौला, विनोद मुखिया, मिलनकुमार शेर्मा, लोकेन्द्र तामाङ, दावा लामा, अविनाश गुरुङ, सन्तोष राई, करिना प्रधान, शान्ता खवास, झुमा प्रधान, छुनु राई र कुसुम मगर रहेको तेक्वान्दो सहायक प्रशिक्षक कुमारी राईले बताइन् ।

यसैगरी, पुम्से विधातर्फ प्रश्ना राई, प्रज्ञा राई, खुस्बू सुब्बा, गौरव शिवा, गणेश शिवा र सन्देश गड्तौला छनोट भएका छन् । छनोट हुनेमा ५४ केजीदेखि ७८ केजी तौल माथिका पुरुष खेलाडी तथा ४६ केजीदेखि ८४ केजी तौल माथिका महिला खेलाडी रहेका छन् ।