इटहरीः उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ हिसान सुनसरीले आयोजना गरेको स्पोर्टस मिट अन्तर्गत छात्र भलिबल प्रतियोगिताको उपाधी धरानको एम्स एकेडेमीले हात पारेको छ ।

फाइनल खेलमा पूर्वाञ्चल एकेडेमी तरहरालाई ३–० को सोझो सेटले पराजित गर्दै एम्सले उपाधी जितेको हो । प्रतियोगिताको उत्कृष्ट खेलाडी एम्स एकेडेमीका रिजन बिष्ट, बेस्ट लिफ्टर एम्सकै भिसाम राई र बेस्ट स्पाइकर एम्सका अनदीप राई घोषित भए ।

यस्तै, पूर्वाञ्चल एकेडेमीका अभिषेक राई बेस्ट सर्भर र मानव कार्की बेस्ट ब्लकर घोषित भए । प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीलाई माघ १२ गते शनिबार समापनको अवसरमा ट्रफी प्रदान गरिने हिसान सुनसरीका सचिव पेशल पोखरेलले बताए ।

धरानस्थित नेशनल कलेजमा गरिने समापनमा झ्याउरे भाकामा नृत्य प्रतियोगिता सञ्चालन गरिने पोखरेलले जानकारी दिए । सोही अवसरमा शिक्षा पत्रकारिता पुरस्कार तथा सम्मान कार्यक्रमद्वारा सुनसरीमा क्रियाशील सक्रिय एक जना पत्रकारलाई सम्मान समेत गरिने बताइएको छ ।

स्पोर्टस मिटमा सुनसरीका हिसानमा आबद्ध ३३ विद्यालयले भाग लिएको संयोजक सागर भट्टराईले बताए ।

aims vollyball